२२ असार २०८१ शनिबार
image/svg+xml

चुनावमा गरेका ८० प्रतिशत प्रतिबद्धता पूरा गरेँ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँको एक शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा पुर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमूना स्थल बनाउने प्रतिबद्धता व्यक्त गरे।

व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छः पर्यटनमन्त्री श्रेष्ठ

उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले बताए। लोकतन्त्र संस्थागत नभइ आर्थिक विकास र विभिन्न पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उनले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताए।

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ

बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए।

चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छः पर्यटनमन्त्री श्रेष्ठ

वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताए। काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए।

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

पर्यटन विभाग सहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्‌मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्।

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने: ‘नेपाली आकाश सुरक्षित छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्।

पर्यटनमन्त्री श्रेष्ठ उडे क्यानडा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन्।

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैनः मन्त्री श्रेष्ठ

आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन उनले काठमाडौँ उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका हुन्।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको छः पर्यटनमन्त्री

उनले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल सुरु गरेको बताए। मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताए।

संस्कृति संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन्।

मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरियो,घटनाबारे सत्य तथ्य बुझेर बोलौं: पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागकिरक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छाँया सेन्टरमा भएको घटनाबारे प्रतिकृया दिएका छन्।

मन्त्रीलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ

सुरक्षागार्ड शेरजंग कुँवरले जो भए पनि लाइनमा बस्न आग्रह गरेका थिए। मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनन्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी भएका थिए।

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छु' उनले भने।

धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छः मन्त्री श्रेष्ठ

सोमबार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्