५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रियसभा सदस्य निर्वाचनः बिहान ९ बजेदेखि मतदान

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगिसकेका छन्।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पूरा

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग मतदान केन्द्र कायम गरिएको र मतदान केन्द्रमा अधिकृतसहित १६ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा

निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र वाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।

संसद् बैठक स्थगित

कोरोना संक्रमणको जोखिमका कारण भन्दै माघ ३ गते बोलाइएको प्रतिनिधिसभा दुई साता पर धकेलिएको छ। भने माघ ३ गते नै बोलाएको राष्ट्रियसभाको बैठक पनि अनिश्चित कालका लागि स्थगित गरिएको छ।

प्रश्नोत्तर हुन छाडेपछि संसद्मा दर्ता हुन छाडे प्रश्न

अहिले पनि चालु अधिवेशनमा राष्ट्रियसभाका सांसदले प्रश्न दर्ता नै गर्न खोजेको देखिँदैन। प्रतिनिधिसभामा दोस्रो पटक पुनःस्थापित भएपछि साउन ३ गतेदेखि ३२ गतेसम्म आठौं अधिवेशन चलेको थियो। यो अधिवेशनमा प्रश्न दर्ता भए पनि प्रश्नोत्तर भएको छैन। नवौं अधिवेशन भदौ २३ गते सुरु भई कात्तिक ११ गते अन्त्य भएको थियो यो अधिवेशनमा २५ प्रश्न दर्ता भएका थिए।

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस

सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउँदै आएका छन्। यसैकारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि उनीहरूले गठबन्धन गरेका हुन्।

'गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ। पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको दाबी गरेको हो।

एमसिसी पास गर्न अवरुद्ध संसद् खुलाउने कसरत

संसद् अधिवेशन नवौं अधिवेशनदेखि अवरुद्ध छ। गत भदौ २३ मा बसेको नवौं अधिवेशन गत कात्तिक १२ गते अन्त्य भएको थियो।

राष्ट्रियसभा बैठक पुस २७ गते

यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ।

राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशमा ३ सिटका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ता अवधिसम्म ६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। तीन सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका पक्षबाट ३ जना र एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रियसभा निर्वाचनः प्रचण्डले पाँचजनाको नामावली टुङ्गो लगाए

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ।

राष्ट्रियसभा निर्वाचनः १९ पदका लागि आज उम्मेदवारी

प्रमुख राजनीतिक दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि आआफ्ना उम्मेदवारको टुंगो लगाएका छन्।

दलका महाधिवेशनः पुरानै नीति, पुरानै नेतृत्व

राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो। तर दलका महाधिवेशनले नीतिमात्र होइन, नेतृत्वमा पनि परिवर्तन ल्याउन सकेन।

राष्ट्रियसभामा प्रतिनिधित्व

प्रत्येक दुई वर्षमा सम्पन्न हुने राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको छ। संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संसदीय प्रणालीको परिकल्पना गरेको छ। स्थायी प्रकृतिको राष्ट्रियसभाका ५९ सदस्यमध्ये प्रत्येक दुई वर्षमा एकतिहाइको पदावधि समाप्त हुन्छ र फेरि नयाँ सदस्यहरू निर्वाचनमार्फत यसमा प्रवेश गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्