२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वित्तीय पहुँच बढ्दै, ६६०० नेपालीकाे भागमा १ बैंक शाखा

बैंक तथा वित्तीय संस्थाहरु वित्तीय पहुँच वृद्धि गर्न कम्मर कसेर लागेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले दैनिक एकभन्दा बढी शाखा खोलेर नागरिकको घरदैलो नजिक जाने प्रयास गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७३ असार मसान्तसम्ममा क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक तथा ग वर्गका वित्तीय संस्थाको कुल शाखा संख्या ४ हजार २ सय ७२ पुगेको छ ।

बैंकको २५ लाख रूपैयाँ लुटियो

विराटनगरको बी प्लटमा पार्किङ गरिएको एक गाडीबाट मंगलवार मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको छ। नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सिसा फुटाएर लुटिएको हो ।

सार्क खाद्य बैंकलाई क्रियाशिल बनाइने

दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्रहरुमा खाद्य संकट र प्राकृतिक विपत्तीको बेलामा सघाउन सार्क खाद्य बैंकमा साढे पाँच लाख टन खाद्यान्न संकलन भएको छ। सार्क खाद्य बैंकमा सदस्य राष्ट्रहरुले ५ लाख ३८ हजार ४ सय ८० टन खाद्यान्न जम्मा गरेर अप्ठ्यारो परेका राष्ट्रलाई सघाउने निर्णय गरेका छन्।

प्लस टु गरेका ४७ जनालाई नेपाल बैंकमा जागिर खुल्यो

नेपाल बैंक लिमिटेडमा प्लस–टु तह उत्तीर्ण गरेका ४७ जनालाई रोजगारीको अवसर खुलेको छ। बैंकले बुधबार सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदबारबाट दरखास्त आह्वान गरेको हो।

'बैंक कर्मचारीलाई सेयर' विवादमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ०.५ प्रतिशत सेयर छुट्ट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्ट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पनि ०.५ प्रतिशत सेयर छुट्ट्याउने व्यवस्था गर्न लागिएको थियो।

'सुन किन बिकेन बैंक र सरकारले खोजून्'

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन्। भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन नमिल्ने बताए।

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरणकालागि छुट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाईपनि शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने व्यवस्था गर्न लागिएको थियो।

अन्तर बैंक फुटबल हुने

नेको इन्सुरेन्स लिमिटेडले असोज १ माएकदिने अन्तरबैंक फुटसल प्रतियोगिता गर्ने भएको छ। सामाखुसी फुटसल कोर्टमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ। चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ। प्रत्येक समूहका शीर्ष दुई टोली अघिल्लो चरण प्रवेश गर्नेछन्।

भूकम्प पीडितको अनुदान बाँड्न बैंकलाई हम्मे

सरकारको स्पष्ट नीति नहुँदा भूकम्प पीडितलाई अनुदान बाँड्न समस्या परेको बैंकहरुले जनाएका छन् । अनुदान वितरण गर्दा आउने सुरक्षा चुनौती, इन्टरनेट र बिजुली अभाव लगायत कारणले बैंकहरुलाई अनुदान वितरण गर्न समस्या परेको हो ।

मेगा बैंकको बचत योजना

मेगा बैंक नेपाल लिमिटेडले सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने भन्दै ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियान घोषणा गरेको छ ।

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख भन्दा बढी रुपैयाँ चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख रुपैयाँभन्दा बढी नगद चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

नेपाल बैंककाे शाखा लुट्ने प्रयास असफल

नेपाल बैंक लिमिटेडकाे प्युठान शाखा लुट्ने प्रयास असफल भएको छ। बैंकका चौकीदारलाई स्प्रे छर्केर बेहोस बनाई बैंक लुट्ने लुटेरा समुहकाे प्रयास असफल भएकाे हाे।

राष्ट्र बैंक छाड्नेबित्तिकै निजी बैंक जान नपाउने

राष्ट्र बैंक छोड्नेबित्तिकै निजी बैंक तथा वित्तीय संस्थामा जागिर खान जाने प्रवृत्ति निस्तेज हुने गरी कानुन निर्माण भएको छ। राष्ट्र बैंकमा छँदा निजी क्षेत्रका संस्थामा राम्रो सम्बन्ध कायम गर्ने र सेवा निवृत्त हुनासाथ तिनै संस्थामा गएर काम काम गर्ने प्रवृत्ति हाबी भएपछि नयाँ व्यवस्था गरिएको हो।

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा चर्को अभाव भएर व्यवस्थापन समस्या आएपछि  राष्ट्र बैंकले सिंगापुरबाट करिब एक करोड अमेरिकी डलर ल्याउने तयारी गरेको छ। चिनियाँ व्यापारीले बैंकिङ प्रणालीको साटो सोझै बजारबाट अमेरिकी डलर उठाएको र नेपाल आउने पर्यटकले नगद ल्याउन छाडेपछि डलरको नगद अभाव हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्