८ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौं मल अगाडि पानी ट्यांकरले ठक्कर दिँदा युवतीको मृत्यु

काठमाडौँ मल आगाडि पानी ट्यांकरले एक मोटरसाइकललाइ ठक्कर दिएको छ। ठक्कले मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको छ।

‘अहिलेको जनमत भण्डारीकै देन’

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई उनका समकालीन नेताहरुले राष्ट्रिय अखण्डता, स्वाधीनताको आन्दोलन र लोकतान्त्रिक सामाजिक न्यायको जग बसाल्ने व्यक्तित्वको रुपमा चित्रण गरेका छन्। उनीसँग लामो समय सहयात्रा गरेका केशव बडालले नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन वामपन्थी नेताको रुपमा अग्रणी भूमिका खेलेको बताएका छन्।

ट्याक्टरको डालाले च्यापेर चालकको मृत्यु

मोरङको बुढिगंगामा बालुवा बोकेको ट्याक्टरको डालाले च्याप्दा ट्याक्टर  चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २ त ५१४ नम्बरको ट्याक्टरका चालक भोजपुर हतुवागढी - हसनपुरका भरत राई रहेको प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार मंगलबार बिहान भएको दुर्घटनामा जानकी गाउँपालिका–५ पथरैयाका करिव ३५ वर्षका धनबहादुर चौधरीको ज्यान गएको छ।

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ। रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो।

जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

रुकुम (पश्चिम)मा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। जिल्लाकाे आठबिसकाेट नगरपालिका ८ दाजे भन्ने स्थान बाट नगरपालिका ९ रारी बजारतर्फ आउँदै गरेको लु १ ज ६०४० नम्बरकाे दुर्घटना भएको प्रहरी जानकारी दिएको छ। नगरपालिका ८ साउने खोला स्थित मोडमा एक्कासी जिप दुर्घटना भएको हो।

टिप्परको ठक्करले साइकलयात्री गम्भीर, चालक फरार

उदयपुरमा टिपरको ठक्करले एक साइकलयात्री गम्भीर घाइते भएका छन्। आइतबार मध्यान्ह घरदेखि साइकल चढेर गाउँजाँदै गरेका बेलानदाहा–कन्चनपुर खण्डको सडकमा टिपरको ठक्करबाट बेलका नगरपालिका २ तपेश्वरीका कुमार परियार घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेलाई सहयोग

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका शीतल राईलाई शुभेच्छुकले आर्थिक सहयोग गरेका छन्। गत पुस १८ गते भएको दुर्घटनाका कारण टाउकाको खोपडी नै निकालिएका राईलाई सो नगरपालिका–१४ बुइपा घर भई हाल ललितपुर नखिपोट बस्दै आएकी सामाजिक अभियन्ता इनुमा राईको पहलमा संकलन भएको दुई लाख ५६ हजार ६ सय १५ रुपैयाँ प्रदान गरिएको हो।

कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु

रुकुम (पश्चिम)मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ६ भण्डारीकाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रुकुम (पूर्व)को रुकुमकोटबाट रुकुम (पश्चिम)को मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो।

कुवेतको अस्पतालमा छट्पटाउँदै गंगाबहादुर

सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङ बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगाबहादुर गुर्मछाने मगर सात महिनादेखि कुवेतको जहारा अस्पतालको शड्ढयामा छटपटाइरहेका छन्।

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ।

७ महिनादेखि कुवेतको अस्पतालमा छट्पटाउँदै एक नेपाली

कुबेतमा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका एक नेपाली ७ महिनादेखि अस्पतालको बेडमा छट्पटाइरहेका छन्। ड्युटी जानेक्रममा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगाबहादुर गुर्मछाने मगरलाई गत भदौदेखि कुवेतको जहारा अस्पतालमा राखिएको छ।

‘सडकमै बाघ मरेको देख्दा मन रुन्छ ’

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन तथा संरक्षण अधिकृत रमेश थापा दुर्लभ वन्यजन्तु वाघ सडक दुर्घटनामा पर्ने त्रासले उनलाई सताईरहेको छ। २४ वर्ष बर्दिया राष्ट्रिय निकुन्जमा काम गरेर जागीरबाट रिटायर्ड भएका थापा सडक दुर्घटना परेर दुर्लभ वन्यजन्तु वाघ मर्ने हो कि भन्ने चिन्ता गर्छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्