२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सडकमै बाघ मरेको देख्दा मन रुन्छ ’

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन तथा संरक्षण अधिकृत रमेश थापा दुर्लभ वन्यजन्तु वाघ सडक दुर्घटनामा पर्ने त्रासले  उनलाई सताईरहेको छ। २४ वर्ष बर्दिया राष्ट्रिय निकुन्जमा काम गरेर जागीरबाट रिटायर्ड भएका  थापा सडक दुर्घटना परेर दुर्लभ वन्यजन्तु वाघ मर्ने हो कि भन्ने  चिन्ता गर्छन।

यतिखेर उनी राजमार्ग गुड्ने पूर्वदेखि पश्चिमका यातायात व्यबसायीलाई  एक थलोमा जम्मा गरेर सडक दुर्घटना न्यूनिकरणका बारेमा सचेत गराईरहेका छन्। थापाको यस अभियानमा निकुन्जका कर्मचारी र संरक्षणकर्मीले साथ दिएका छन्। ‘२४ वर्ष बर्दिया राष्ट्रिय निकुन्जका  दुर्लभ वन्यजन्तु जोगाउँनमा बित्यो,’ उनले भने,‘३६ वर्षसम्म जागिरमा रहँदा धेरै समय वन्यजन्तु संरक्षणमा खटिए।‘गाडीले किचेर त्यसरी जोगाएको बाघ मरेको देख्दा मन रुन्छ,’उनले भने।’ठाकुरद्धारमा उज्यालो नेपालले संयोजन गरेको कार्यक्रम उनले भने,‘सडक दुर्घटना न्यूनिकरणमा निकुञ्ज प्रशासन र यातायात व्यवसायीले हातमालो गरेर अघि बढे यसको समाधान निस्कन सक्छ ’

दुई वर्ष भित्रमा बर्दिया निकुन्ज भित्रको राजमार्गमा सडक दुर्घटनामा परि दुई वटा वाघको ज्यान गईसकेको छ। सडक दुर्घटनामा परेको एउटा वाघ बर्दिया राष्ट्रिय निकुञ्जमा उपचारको क्रममा छ। बर्दिया राष्ट्रिय निकुन्जमा तथ्याकंमा सडक दुर्घटनामा जरायो ,बाँदर बँदेल जस्ता वन्यजन्तु वर्ष भरिमा ५० वटा भन्दा बढि सडक दुर्घटनामा पर्ने गर्छन। 

यी उदाहरण मात्र हुन्। पछिल्ला वर्षमा सडक दुर्घटनामा मर्ने वन्यजन्तु संख्या ह्वात्तै बढेको छ। सडक दुर्घटनाको समस्या राजामार्गमा भित्र पर्ने निकुन्जमा बढि देखिन्छ।

तर अहिलेसम्म सरकारले वन्यजन्तुले सडक दुर्घटनामा मर्दा समेत  सम्भावित क्षेत्रको पहिचान र जनचेतना जगाउने काम गर्न सकेको छैन। यति मात्र होइन देशको कुनै पनि क्षेत्रमा वन्यजन्तु बस्ती, गाउँ र सहरमा पस्यो भने नियन्त्रण गरेर मानवीय क्षति कम गर्न कुनै निकाय छैन। वन्यजन्तुको व्यवस्थापनमा सरकारको तयारी लगभग शून्य छ।

‘दिनप्रतिदिन बन्यजन्तुको क्षति बढिरहेको छ। अब हामी पुरानै ढर्रामा हिँडेर हुँदैन ’,दुर्घटना न्यूनिकरण अन्तक्रियामा सहभागी नेपाल यातायात व्यबसायी संघका सचिव शम्भु रिजालले भने। यातायात मजदुरको जनचेतना अभाव र सरकारी संयन्त्र तथा चालकको लापरबाहीले वन्यजन्तुको क्षति बढिरहेको उनी औल्याउँछन्।

 कुनै पनि दुर्घटना भए चालकले निकुन्ज प्रशासनलाई खबर गर्छ। तर ईमान्दार चालकलाई निकुन्ज चोरी शिकारीको जस्तो व्यबहार गर्ने गरेको  यातायात व्यवसायीको गुनासो छ। ‘नागरिकमा वन्यजन्तुको व्यवहार र प्रवृत्तिबारेको जानकारी पनि पर्याप्त छैन। जनचेतना कार्यक्रम पनि सँगसँगै लैजानुपर्छ’,अर्का सहभागी तथा सेन्स नेपालका सचिव बासुदेव भट्टराईले भने,‘निकुन्जमा भित्रको अधिकार अख्तियार गर्ने निकुन्ज कर्मचारीले नियम पालना गरे मात्र पनि धेरै सडक दुर्घटना कमि आउँछ।’

कतिपय अवस्था निकुन्ज भित्र पालना गर्न पर्ने नियम निकुन्जका कर्मचारी र सेनाले लत्याइरहेको उनले धारणा राखे। अधिक गतिकै कारण अबोध वन्यजन्तु जोगाउँन मुश्किल भएको निकुन्जका वार्डेन तथा प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वताए।

तीब्र गतिमा हाँक्दा दुर्घटना भएकै कारण सबैले टाईम कार्डको पालनाले दुर्लभ वन्यजन्तु संरक्षणमा टेवा पुग्ने उनको भनाई छ। दुर्घटना न्यूनिकरणका लागि राजमार्गमा क्षेत्रमा बिद्युतिय तारबार पनि लगाईएको छ। राजमार्ग छेउछाउ सफा गर्दा पनि सडक दुर्घटना न्यूनिकरण हुने उनको भनाई छ। यस्तै शुक्ला फाँटाका वार्डेन तथा प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले नागरिक नै सचेत भए मात्र सडक दुर्घटना न्यूनिकरण प्रभावकारी हुने उनले बताए। पहुँचवालाले नै निकुन्ज भित्र वाट हिड्दा नियम लत्याईरहेकाले पनि समस्या उत्पन्न भईरहेको उनले धारणा राखे।

प्रकाशित: २४ वैशाख २०७६ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App