८ आश्विन २०८१ मंगलबार
image/svg+xml

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

सदरमुकाम बेनीमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ। एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको हो।

काठमाडौंबाट छुटेको बस टिपरसँग ठोक्कियो

काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तरगत बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको छ।ना ४ ख १३४० नम्बरको बस राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ७ मा कोहलपुरबाट पूर्वतर्फ गइरहेको भे १ ख २८९२ नम्बरको टिपरसँग ठक्कर खाँदा पाँच जना घाइते भएका छन्।

टिपरको ठक्करबाट १२ को परीक्षा दिएर फर्केकी युवतीको मृत्यु

बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन।

दुर्घटनामा दुईको मृत्यु

पृथ्वी राजमार्गअन्र्तगत धादिङको गल्छी गाउँपालिका–४ बेल्खु खोलामा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौंबाट नवलपरासीतर्फ आउँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो बस आपसमा ठोक्किएका थिए।

माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकमुनी छिरेपछि...

बुधबार धादिङ गल्छीस्थित पृथ्वी लोकमार्गमा मोटरसाइकल र बस दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

ट्रकले युवतीलाई ब्याक गरेर च्यापेपछि तनावग्रस्त बनेको लम्की शान्त, आफन्तले शव बुझे

दुर्घटनामा संलग्न ट्रक चालकलाई कानूनी कारवाही गर्ने सहमतिपछि लम्कीको जनजीवन सामान्य बनेको छ। मृतक सुनिता रावल (१९) का आफन्तले शव बुझेका छन्। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ। दिनभर रोकिएका सवारी साधन सुचारु भएका छन्।

तीनपानेमा जीप दुर्घटना, तीन जनाको मृत्यु

लतिपुरको बाग्मती गाउँपालिका –३ तीनपानेमा गएराति भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको प्रहरीले जनाएको छ।

जीपकाे झ्यालबाट टाउको बाहिर निकाल्दा च्यापिएर मृत्यु

अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको छ । ठाडाबाट प्युठानको कोल्बोट तर्फ आउदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा १८ बर्षीय एक युवतीाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका सिताउपाध्याय रहेकी छन्।

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्युु, एक जना हाम फालेर बाँचे

पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए।

ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

साइकलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ। मोटरसाइकल चालक हरिवन नगरपालिका–१०, सुखेपोखरी निवासी ३८ वर्षीय राजेश श्रेष्ठको उक्त दुर्घटनामा परी मृत्यु भएको छ। स्थानीयलाई छलेर मोटरसाइकल चालक भाग्ने खोजेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २६ घाइते

भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। यात्रुबाहक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्