८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चिया पसलभित्र पस्याे बस, एककाे घटनास्थलमै मृत्यु

पूर्वपश्चिम राजमार्गमा रहेको चिया पसलमा एकाएक बस छिरेको छ। उक्त बस अनियन्त्रित चिया पसलमा छिरेर बसको ठक्कर दिँदा शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त ठक्करबाट ८ जना घाइते समेत भएका छन्। सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो।

काठमाडौंबाट छुटेको बस चप्परगाउँमा दुर्घटना

काठमाण्डौबाट धनगढी जाँदै गरेको बस दुर्घटना भएको छ। पूर्व–पश्चिम राजमार्गअन्र्तगत वाणगंगा नगरपालिका वडा नम्बर ८ को चप्परगाँउमा ना ७ ख ५१८७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएका छन्।

क्षतिग्रस्त विमान र हेली नहटाइँदा समस्या

क्षतिग्रस्त विमान नहटाइँदा लुक्लामा हेलिकप्टर उडान तथा अवतरणमा समस्या भएको छ। वैशाख १ गते समिट एयरको कलसाइन नाइन एन– एएमएचको जहाज मनाङ एयरको हेलिकप्टर नाइन एन–एएलसँग ठोक्किएर दुर्घटना भएको थियो।

डडेलधुरा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे

दुर्घटनामा परी पाँच जनाकाे घटनास्थलमै ज्यान गएकाे थियाे भने एक जनाकाे उपचार क्रममा धनगढी लैजाने क्रममा निधन भएकाे हाे । गम्भीर घाइते विहारका १८ बर्से माेहम्मद गुलजार भएका प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीले जानकारी दिए।

पोखराबाट दमौली जाँदै गरेको बस दुर्घटना, ५ जना घाइते

म्याग्दे गाउँपालिका–१ गुणादीमा यात्रुवाहक बस दुर्घटना हुदाँ ५ जना घाइते भएका छन्।

डडेल्धुरा बस दुर्घटनाः मृत्यु भएका पाँच जनाको सनाखत, ६ को अवस्था गम्भीर (अपडेट)

भिमदत्त राजमार्गको शाहुखर्कमा यात्रु बाहक बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना पुरुष र दुई जना महिला छन्। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अन्र्तगत गन्यापधुरा गाउँपालिका १ शाहुखर्कमा बस दुर्घटना भएको हो। बस यात्रुसँगै सामानले भरिएको थियो।

डडेल्धुराको साहुखर्कमा बस दुर्घटना,पाँच जनाको मृत्यु भएको पुष्टि

डडेल्धुराको साहुखर्कमा यात्रुबाहक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस बुधबार बिहान डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो।

उडान रोकिँदा पर्यटक अलपत्र

मन्थली विमानस्थलमा सोमबार बिहान भएको जहाज दुर्घटनामा मानवीय क्षति नभए पनि सोही दुर्घटनाका कारण उडान प्रभावित हुँदा लुक्ला जान सडक मार्ग हुँदै यहाँ आइपुगेका पर्यटक अलपत्र परेका छन्। अलपत्र पर्ने पर्यटक सयौंको संख्यामा छन्।

भ्यान दुर्घटना, घटनास्थलमै एकको मृत्यु

उदयपुरको बेलका नगरपालिकामा भएको भ्यान दुर्घटनामा परी १ यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।छिमेकी जिल्ला सुनसरीको बाराहक्षेत्र नगरपालिका चताराबाट बेलका ७ मैनामैनी कुलुङतर्फ आउँदै गरेको को १ ज १६१५ नं. को पिकअप भ्यान आइतबार राति पौने ८ बजे दुर्घटना हुँदा बेलका ७ मैनामैनीका २३ वर्षीय मनोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

तारा एयरको विमान दुर्घटना, रनवे बन्द

तारा एयरको विमान दुर्घटना भएको छ। रामेछापको मन्थली विमानस्थलमा तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान रनवेबाट चिप्लिएको हो।

सवारी दुर्घटनामा एक युवकको मृत्यु

धनुषामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँ बजार नजिकै सवारी दुर्घटना हुँदा युवकको मृत्यु भएको हो।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो।

जन्ती चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको बस दुर्घटनामा अरु पाँच जना घाइते भएका छन्।

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या २ पुग्याे, १० गम्भीर घाइते

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्