८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जिप दुर्घटनामा ८ जना घाइते

भिमादको जुकेपानीमा यात्रुबाहक जिप दुर्घटनामा परेको छ।  भिमाद बजारदेखि आधामारतर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप जुकेपानीमा सडकमा पल्टिदा ८ जना यात्रु घाइते भएका छन्।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

उदयपुरमा गएराति ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडास्थित निर्माणाधीन मदन भण्डारी लोकमार्गमा एउटाले अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा लागेको ठक्करबाट मोटरसाइकल चालक कालीदास भण्डारी (कृष्ण) को मृत्यु भएको प्रहरीले जनाएको छ।

विमान दुर्घटनाको छानबिन

खुम्बु–पासाङल्हामु गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा वैशाख १ गते भएको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलगत अध्ययन गरेको छ। टोलीले लुक्ला पुगेर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

दुर्घटनामा महिलाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग १ त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सवारी दुर्घटनामा ११ को मृत्यु

पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।

खोटाङ बस दुर्घटना: एकको मृत्यु, १३ घाइते

खोटाङमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाण्डौंबाट दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना भएको हो।

खोटाङमा बस दुर्घटना : एकको मृत्यु, उद्धार कार्य जारी

काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ। काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो।

खोटाङमा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

खोटाङ - काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ। काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो।

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रौतहटमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। गौर–चन्द्रनिगाहपुरसँगै जोडिएको सहायक राजमार्ग अन्तर्गत हर्साहा चौकमा बस र मोटरसाइकल आपसमा ठोकिँदा गरुडाबैरियाका २५ वर्षीय किसन साहको मुत्यु भएको हो। दुर्घटनामा उनकी श्रीमती २२ वर्षीया आरती साह गम्भीर घाइते भएकी छन्।

विमान दुर्घटनाको छानबिन गर्न समिति गठन

सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्