८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नयाँ वर्षकै दिन सर्लाहीमा ५ जनाको मृत्यु, ४२ घाइते

बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर छ।काठमाडौंबाट पूर्व जाँदै गरेको बा३ख १३१८ नम्बरको बसमा जोशी हाइड्रोपावर सिन्धुपाल्चोकका कामदा थिए।

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत(अपडेट)

लुक्लामा उड्न लागेकाे विमान दुर्घटना भएको छ। समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार बिहान दुर्घटना भएको हो। लुक्लाबाट रामेछापाकाे लागि उड्न लागेकाे विमान दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर र समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ।

लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित तीन जनाकाे मृत्यु (अपडेट)

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ। घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ। त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ।

भ्रमणमा निस्किएकाे बस पल्टियाे, तीनको घटनास्थलमै मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वाड नं २ बिहानी पेट्रोल पम्प नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना, तीन जनाको मृत्यु

सुनसरीमा कारले ओभरटेक गर्न खाेज्दा दुर्घटना भएकाे छ। दुर्घटनामा परी तीन जनाकाे ज्यान गएकाे छ भने ९ जना घाइते भएका छन्।

मोटरसाइकल र टिप्पर ठोक्किँदा एकको मृत्यु

नुवाकोटको बट्टारमा शुक्रवार मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गगटेबाट विदुरतर्फ आइरहेको बा.५ ख २८९८ नं. को ट्रिपरले ना. ३३ प ३४६६ नंं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो।

पूर्व सासंदको निधनले गुल्मी शोकमा

जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनका अभिभावकसमेतका रुपमा परिचित पूर्व सासंद रुद्रमणि भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएपछि गुल्मेलीहरु शोकमा परेका छन्।

सोलुका संगीतकर्मी श्रीमानको मृत्यु

पूर्वको हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ पोखरेमा जन्मेका संगीतकर्मी श्रीमान् (थुलुङ ) राईले आफ्नो कर्मथलो पश्चिम पोखरा बनाए। सङ्गीत साधनमा अनवरत अघि बढेका उनै श्रीमान् अब यो संसारमा रहेनन्। गायक तथा सङ्गीतकमर्मी र प्रशिक्षक समेत रहेका उनको बुधबार राति पोखरामा स्कुटर दुर्घटनामा ज्यान गयो।

दुर्घटनामा परी पूर्व सासंदसहित ३ जनाकाे मृत्यु

गुल्मीकाे मुसिकोट नगरपालिकामा सवारी दुर्घटना परी पूर्व सासंदको मृत्युु भएको छ।

१३८ यात्रु सवार जेट विमान इन्धन नभरेरै काठमाडौंबाट उड्न खोजेपछि...

भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जाेगिएकाे छ। विमानले तेल नभरेरै अबस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे। तर, पाइलटले तेल सकिएको थाहा पाएपछि तेल भरेर उडान गरिएको छ।

डडेल्धुरामा बस दुर्घटना हुँदा २६ घाइते, बस चालक नियन्त्रणमा

डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्री बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेेकाे छ। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कदै गरेका यात्रु सवार गाडी मध्य राती सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ५ जनालाई उपचारका लागि झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्