८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट युवकको मृत्यु

भक्तपुर - भक्तपुरको च्याम्हासिंहमा मंगलबार राति ट्रकले पैदल यात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट  ब्रम्हायणीतर्फ जादै गरेको बा ५ ख ३८३९ नं. को निशान ट्रकले पैदल यात्री रामेछाप सुनपाती गाउँंपालिका ३ घर भई हाल भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंह बस्ने बर्ष ३५ को चन्द्रबहादुर मोक्तानलाई ठक्कर दिदा घाइते भएका उनको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार  उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेकोमा राति नै सम्बन्धित चिकित्सकद्वारा मृत घोषित गरिएको जनाएको छ। सवारी साधन र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँंपालिका २ घर भई हाल भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष ३१ को राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको परिसरमा सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

प्रकाशित: ४ वैशाख २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App