२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पिकनिक खाएर फर्किँदै गरेको जीप दुर्घटना, दुईको मृत्यु

पिकनिक खाएर फर्किँदै गरेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

सहचालकले चलाएको बोलेरो दुर्घटना, आठ जना घाइते

खोटाङमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट बुधबार यात्रु लिएर महुरेतर्फ जाँदै गरेको बा१२च ४९८५ नम्बरको मालबाहक बोलेरो जीप दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

माइक्रो दुर्घटनामा १४ घाइते

मेची राजमार्गस्थित इलाम नगरपालिकाको गोदकमा गएराति भएको हायस माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

गाडी दुर्घटनामा १९ जनाको मृत्यु

दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । गुल्मीको दरबार गाउँपालिका–४ मा भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ भने उदयपुरको कटारी नगरपालिका–११ मा जिप सडकबाट खस्दा नौजनाले ज्यान गुमाएका छन्।  बुटवलबाट गुल्मी सदरमुकाम तम्घासका लागि बिहान ९ बजे छुटेको बा४ख ५५०१ नम्बरको हाइस (माइक्रो बस) दरबार–४ बिरवासनजिकै दिउँसो २ बजेतिर दुर्घटनामा पर्दा चालक रेसुंगा नगरपालिका–१० का भीमबहादुर घर्तीसहित १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

जीप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते

जीप दुर्घटना हुँदा ४ जना यात्रुको निधन भएको छ भने कम्तीमा ६ जना घाइ्ते भएका छन् । जिल्लाको पश्चिम कटारी बजारदेखि जयरामघाटतर्फ जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप सिद्धिचरण लोकमार्गको ठाँटी भन्ज्याङमा दुर्घटना हुँदा चर जना यात्रुको निधन भएको कटारीका यातायात व्यवसायी शत्रुघन कार्कीले बताए ।

गुल्मीमा माइक्रो बस दुर्घटना हुँदा सातको मृत्यु [अपडेट]

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए।

दुर्घटनामा एकै परिवारका ६ को ज्यान गयाे

छठको उल्लास सकिएको २४ घन्टा नबित्दै सप्तरी शोकमा डुबेको छ । सदरमुकाम राजविराजबाट राजधानी काठमाडौंका लागि गुडेको यात्रुबस शनिबार बिहान त्रिशूली नदीमा खसेर ३१ जनाको मृत्यु भएपछि सप्तरी शोकमा डुबेको हो । मृतकमध्ये धेरै सप्तरीका छन् । छठ पर्व मनाएर कर्म क्षेत्र राजधानी फर्कदै गरेका आफन्त दुर्घटनामा परेको खबरलगत्तै परिवारमा रुवावासी चलेको छ।

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो (अपडेट)

त्रिशुली नदीमा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए। मृतक मध्ये १२ जनाको सनाखत भएको छ।

धादिङ बस दुर्घटनामा मृतककाे संख्या १९ पुग्यो

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट  त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

तनावले बढाउँदै सडक दुर्घटना

पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । ‘बाटो, गाडी सबै ठीक हुन्छन्, त्यस्तो बेला सडकछेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिषद्का प्रहरी निरीक्षक सीताराम हाछेथूले भने।

दुर्घटनामा बालिकाको मृत्यु

रावाट दमौलीतर्फ जाँदै गरेको ना ४ ख ४९४५ नंम्वरको बस शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडामा दुर्घटना भएको छ।

मलेसिया बस दुर्घटनामा तीन नेपाली घाइते : नेपाली दूतावास

मलेसियाको पेनाङस्थित जुरु टोल प्लाजामा मंगलबार ८ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनामा तीन नेपाली परेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेमा ७ इन्डोनेसियाली र एक मलेसियन नागरिक थिए।

नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्।

जिप दुर्घटनामा एकको मृत्यु, ८ घाईते

अर्घाखाँचीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। सन्धिखर्क गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सन्धिखर्कको जगात ढाँडखोलामा आज दिउँसो लु १ च ६७६६ नम्बरको गाडी पल्टँदा वाङ्गेमरोठ प्यूठानकी ३३ बर्षकी शारदा के.सी.को घटना स्थलमै ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्