२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सरकारले काम दिएपछि मुहार फेरिँदै जनक शिक्षा सामग्री केन्द्र

सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर ओरालो यात्रामा रहेको जनक शिक्षा सामग्री केन्द्रको अवस्था अहिले भने फेरिएको छ।

नाममै सीमित स्थानीय पाठ्यपुस्तक

‘हाम्रो रासकोट हाम्रो पहिचान’ नामको पाठ्यपुस्तक छाप्ने र चालु शैक्षिक सत्रको सुरुदेखि नै लागु गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन।

सिरानचोकले बनायो गुरुङ भाषा पाठ्यपुस्तक

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो।

तिलोत्तमामा ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ।

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।

पाठ्यपुस्तकबाट हराएका डा. सन्दुक

डा. सन्दुक रुइत भन्ने बित्तिकै मनमा नेत्र ज्योति ल्याइदिने एक अथक राष्ट्रिय धरोहरको चित्र पैदा हुन्छ। आँखाको गुमेको ज्योति फिर्ता गरिदिने यी महामानवलाई पहिलो पटक देख्दा उपचार पाउनेले भगवानकै दर्शन गरेको अनुभूति गर्छन्।

पाठ्यपुस्तकमा ‘सशस्त्र द्वन्द्व’

कालिकोटको पचालझरना गाउँपालिकाले सशस्त्र द्वन्द्वलाई समेटेर पाठक्रम तयार पारेको छ।

महावै गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम तयार

संविधानले दिएको अधिकार प्रयोग गरी महावै गाउँपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुुस्तक तयार पारेको छ।

भर्नासँगै हातहातमा पाठ्यपुस्तक

अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो।

पाठ्यपुस्तकमा फेरि चलखेल

यस वर्ष त दुर्गमका विद्यार्थीले मात्र होइन, सुगम मानिने गुल्मी, अर्घाखाँची, इलाम, भोजपुर जस्ता जिल्लाका विद्यार्थीले समेत शैक्षिक सत्र अन्त्य हुनुभन्दा तीन चार महिना अगाडिसम्म पाठ्यपुस्तक प्राप्त गर्न सकेनन्।

अझै पुगेन कालिकोटमा पाठ्यपुस्तक

शैक्षिक सत्र सकिन लाग्दा पनि दुर्गमका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ।

अझै पुगेन दुर्गमका विद्यालयमा पाठ्यपुस्तक

कालिकोटका धेरै विद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा पनि पुस्तक छैनन्। कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसका लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको जनाएको छ।

शैक्षिक सत्र सुरु भएको ७ महिनासाम्म पनि विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेनन्

‘केन्द्र र प्रदेश सरकारले त हाम्रा गाउँका दुःख देखेन ठिकै छ तर स्थानीय सरकारले त्यही फोटोकपीसम्म गरेर सबै विद्यार्थीलाई दिए पनि त राहत हुने थियो।’ एक अभिभावक भन्छन् ‘हामी त भोट हाल्न मात्र प्रयोग हुन्छौं। हाम्रा समस्याका बारेमा कसैलाई मतलव छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्