वैद्यखानाको पुनर्जीवन
अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।
अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।
सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधिले कुनै बेला आयुर्वेद क्षेत्रमा एकछत्र बजार लिएको थियो तर अहिले त्यो इतिहासजस्तै भएको छ। जडीबुटी अभावमा औषधि उत्पादन गर्ने कारखानामा दसैंयता ताला लागेको छ ।
साढे ३ सय पुरानो इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको सिंहदरबार वैद्यखानाले विगत ४ महिना देखि औषधि उत्पादन गर्न बन्द गरेको छ।
स्वास्थ्य मन्त्रालयले २०७९ असोजमा डा. यादवलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
घाटमा पुगेको बेला पनि सिंहदरबार वैद्यखानामा विगत १२ दिनदेखि दुईजना व्यक्ति कार्यालय प्रमुख छन्। दुवैजनाले आफू वास्तविकर वैधानिक कार्यालय प्रमुख भएकोर अर्को व्यक्ति अवैधानिक भएको दाबी गर्दै आएका छन्। कार्यालय प्रमुख बस्ने कोठालाई दुवैजनाले दाबी गरेका छन्।
चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ।
सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको र बजारमा सबैभन्दा बढी खपत हुने च्यवनप्राश अर्को वर्ष पनि अभाव देखिने सम्भावना बढेर गएको छ। कोभिड–१९ संक्रमण बढिरहेको बेला रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न प्रयोग गरिने आयुर्वेदिक औषधि च्यवनप्राश उपलब्ध गराउन नसकेको वैद्यखानाले अर्को वर्ष पनि च्यवनप्राशको उचित व्यवस्थापन गर्न नसक्ने अवस्था देखिएको हो।
कोरोना भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका बेला वैद्यखानाले भने औषधि उत्पादन बन्द गरेर बजारमा अभाव सिर्जना गराएको छ।
कोरोना महामारीले आतंक मच्चाइरहेका बेला उपभोक्ताले रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिएकाले माग ह्वात्तै बढे पनि सिंहदरबारस्थित वैद्यखानाले त्यस्ता औषधि उत्पादन गर्न छाडेको छ ।
भारतीय योगसाधक रामदेवले नेपालमा अर्बौं लगानीका आर्युवेद उद्योग स्थापना गरिरहँदा सरकारी संयन्त्र आवश्यक सहयोगनिम्ति दिलोज्यानले जुटिरहेको देखिन्छ तर संसारकै पुराना उद्योगमा गनिने सिंहदरबार वैद्यखाना ‘राज्यको हेला’ ले थला पर्दै गएको छ।