१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सालाहलाई मानार्थ नागरिकता

रूस विश्वकपबाट बाहिरिएको टोली इजिप्टका स्ट्राइकर मोहम्द सालाहलाई रूसको चेचेन्या संघीय प्रान्तले मानार्थ नागरिकता प्रदान गरेको छ।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

किर्ते नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन पक्राउ

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ।

दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् ।

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

दुईवटा नागरिकता लिई किर्ते गरेको पुष्टी भएपछि समाज कल्याण परिषदका कायम मुकायम निर्देशक शिवबहादुर बस्नेत माथीको कारवाही प्रक्रिया अघि बढाइएको छ ।

नेपाली नागरिकता प्राप्त गर्न १५ सय घुस !

ईलाका प्रशासन कार्यालय हरिवनका कर्मचारीले नेपाली नागरिकता प्रमाणपत्र बनाएबापत सेवाग्राहीसँग १५ सय रुपैंया घुस माग्ने गरेको पाइएको छ।

गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ।  गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो।

गाउँमै पाए ४४४ जनाले नागरिकता

जिल्ला प्रशासन कार्यालय खोटाङले दिप्रुङ गाउँपालिकाका चार सयभन्दा बढी नागरिकलार्ई गाउँमै गएर नागरिकता वितरण गरेको छ। बिहीबार दिप्रुङ गाउँपालिका–२ डाँडागाउँमा, शुक्रबार दिप्रुङ गाउँपालिका–५ स.छितापोखरीमा र शनिबार दिप्रुङ गाउँपालिका–४ बतासेमा घुम्ती शिविर सञ्चालन गरेर प्रशासनले चार सय ४४ जनालाई नागरिकता प्रदान गरेको हो।

बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन्।

झुठो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक पक्राउ

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत, उत्तर प्रदेश बहराईच कोतवाली नानपारा, थाना नवावगन्ज निवासी २५ वर्षीया मोहम्मद सलमान हल्वाईलाई प्रहरीले पक्राउ गरेको हो।

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहाँ दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीय दुई छोरी र १४ तथा ११ वर्षका दुई छोरा छन्।

गाउँमै नागरिकता पाउँदा वृद्धवृद्धा द‌ङ्ग

गजुरी ६ का अतिमाया दमार्इंले ८४ वर्षको उमेरमा नागरिकता लिएकी छन् । गाउँमा आयोजित एकीकृत घुम्ती शिविरमा उनले नागरिकता लिएकी हुन् । १९९० सालमा जन्मिएका उनले नागरिकता पाएपछि अब वृद्धभत्तासमेत लिन पाउने भएकी छन् ।

सहजै बन्छ नक्कली नागरिकता

भारत, बंगलादेशलगायतका विदेशी नागरिकले पछिल्लो समय नेपाली नागरिकता प्राप्त गर्न सप्तरी, सुनसरी जस्ता जिल्लालाई निकै सहजरूपमा प्रयोग गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन तथा स्थानिय तहका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर उनीहरूले नेपाली नागरिकता लिने गरेको प्रहरीकै दाबी छ ।

प्रशासनले गोविन्द केसीलाई दिएन प्रधानन्यायाधीशको नागरिकताको सूचना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपी सर्वोच्च अदालतबाटै लिन सकिने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्