६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रशासनले गोविन्द केसीलाई दिएन प्रधानन्यायाधीशको नागरिकताको सूचना

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपी सर्वोच्च अदालतबाटै लिन सकिने बताएको छ।

प्रधानन्यायाधीश पराजुलीको सम्पूर्ण शैक्षिक प्रमाणपत्र र नागरिकता प्रतिलिपी माग गर्दै डा. गोविन्द केसीले दिएको निवेदनका सम्बन्धमा बुधबार ३ बुँदे जवाफ दिँदै प्रशासन कार्यालयले माघ १० गते नै नागरिकता प्रतिलिपी र सम्बन्धित सबै प्रमाणपत्र सर्वोच्चमा पठाइसकेको र पक्षले अदालतबाटै नक्कल प्रतिलिपी लिन पाउने स्पष्ट पारेको हो।

पराजुलीसँग सम्बन्धित कागजपत्र र नागरिकताको नक्कल प्रति अदालतबाटै पाउने भएकाले प्रशासन कार्यालयले उपलब्ध गराइरहनु नपर्ने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन्। 

उनका अनुसार प्रशासन कार्यालयले पराजुलीको प्रवेशिका प्रमाणपत्र र नागरिकतामा उमेर फरक परेको भन्ने विषयमा नागरिकता जारी भएको जिल्ला तनहुँबाट सूचना लिनसक्ने स्पष्ट पारेको छ। ‘नेपाल नागरिकता नियमावली २०६३ को नियम १६ बमोजिम कर्मचारी र निजका परिवारको हकमा आफू कार्यरत रहेको जिल्लाको प्रशासन कार्यालयबाट नागरिकता लिनसक्ने कानूनी व्यवस्था रहेको छ’ जवाफको दोस्रो बुँदामा भनिएको छ।

पराजुलीलाई कानूनी नियमावली अनुसार नै नागरिकता दिएको संकेत गर्दै प्रशासनले दोस्रो बुँदाको स्पष्ट जवाफ दिएको छैन्।

डा केसीको तेस्रो बुँदाको जवाफमा प्रशासन कार्यालयले सम्पूर्ण कागजातको नक्कल प्रति अदालतबाटै लिन सकिने भनेको छ। ‘तेस्रो सवाल र पहिलो सवाल एकै प्रकृतिको देखिएकाले पहिलो सवालको निकास लिएकै रितले तेस्रो निकास लिनु।’

प्रकाशित: २४ माघ २०७४ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App