सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त: ५० जना बेपत्ता, घरहरू बगाउने क्रम राेकिएन
सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीलेमंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।
सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीलेमंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।
बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।
काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
साना तथा मझौला आकारका चिटिक्क परेका घर । रातो, निलो, हरियो रङ भएका जस्तापाताले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानीका धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली ।
पछिल्लो समय प्राकृतिक विपत्तिको चक्रव्यूहमा पर्र्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्।
सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शब फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। पहिरोमा अझै २६ बेपत्ता छन्। पहिरोमा बेपत्ता स्थानीय भिरखर्कका तीन र बिक टोलका दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये दुईको मात्र सनाखत भएको छ। २४ वर्षीय सुकुला बिक र आठ वर्षीय सन्देश बिकको सनाखत भएको हो। उनीहरु बिक टोलका हुन्। भिरखर्कका तीनको पहिचान खुल्न सकेको छैन।
आज बुधबार ४ वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा सोमबार एकै दिन १० जनाको मृत्यु भयो। मेलम्ची नगरपालिका–११ को मेलम्ची बजारमा माथिबाट खसेको पहिरोले टहरो पुर्दा त्यहाँ सुतिरहेका आठ जनाको ज्यान गयो। एकलाई घाइते अस्पतालमा जीवितै उद्धार गरियो। भारतीय नागरिक उनको राजधानीको ट्रमा सेन्टरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उनीहरु सबै मजदुर हुन्।
कोरोना भाइरसले दुईको ज्यान लिएको सिन्धुपाल्चोकमा अहिले कोरोना शून्य भएको छ। मृत्यु भएकाबाहेक संक्रमित सबै उपचारपछि निको भइ घर फर्केपछि जिल्ला कोरोना शून्य भएको हो।
बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ। यो साल पनि बहुलाउन थालिसक्यो। भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौं। भोटेकोसी गाउँपालिका–४ बोलेपा हाम्रो गाउँ हो। खासा (तिब्बत÷चीन) नजिकैको हाम्रो गाउँमा त्यस्तै १५–१६ घरपरिवारको बसोबास छ। हाम्रो गाउँको मुखैमा भोटेकासी जलविद्युत् आयोजनाको बाँध छ।
भोटेकोसी नदी कोरिडोरको जम्बु र बुल्कुटे बाढीपहिरोमा हराइरहेकाको खोजी कार्यमा कठिनाई उत्पन्न भएको छ। बाढीपहिरोमा अझै २० हराइरहेका छन्। निरन्तरको वर्षा, उच्च बहावमा तीव्र गतिमा उर्लिरहेको भोटेकासीको कटान र ठाडा खोल्सीबाट लेदोमाटो बगिरहेका कारण बेपत्ताको खोजीमा जुट्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
सिन्धुपाल्चोकको जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्याएको छ ।
सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन् ।