सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्यूडको भूकम्प
सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ लोकबहादुर नेपाली रहेका छन्।
अदालतले लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।
नौ वर्ष अघि तीन गाउँ सुलुत्त बगाएर १ सय ४५ को ज्यान लिएको जुरे पहिरोबाट सोमबार फेरि ठुलो सुख्खा पहिरो झरेको छ।
सिन्धुपाल्चोकमा दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्।
मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए। अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ।
२०७३ असार ३१ मा भोटेकोसी खोलाले वितन्डा मच्चायो। भूकम्पले चिराचिरा परेको जमिन सबै खोलाले तान्यो। तातोपानीसम्म जाने सडक क्षतविक्षत बन्यो। लिपिङ र लार्चा नदी असपासका ६० घर खोलाले बगायो। धेरै मानिस विस्थापित भए। पर्यटकीय तातोपानी क्षेत्रमा पूर्ण रूपमा क्षति पुग्यो।
नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ। लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन्।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ।
वर्षमा नौ महिना चौंरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन्।