२४ वैशाख २०८१ सोमबार
image/svg+xml

विपन्न नागरिकलाई जाडोमा न्यानो ब्लाङ्केट

धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीको आयोजनामा माघे संक्रान्ति तथा सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास गर्ने २ सय जनालाई न्यानो ब्लाङ्केट वितरण गरिएको हो।

स्थापित उम्मेदवारमाथि नयाँ हाबी

चर्चाका हिसाबले तोसिमा बहालवाला मन्त्री भुसाल र एमाले उम्मेदवार खड्कामाथि पनि हाबी भइरहेकी छन्। तथापि त्यस क्षेत्रमा सत्ता गठबन्धनको उपस्थिति, उम्मेदवारी दिएका व्यक्ति स्थानीय वा बाहिरिया भन्ने पेचिलो विषय, नयाँ दल र उम्मेदवारप्रतिको आकर्षण तथा उम्मेदवारले उठाएका एजेन्डाका कारण निर्वाचन परिणाममा को हाबी हुन्छ भनेर पूर्वानुमान गरिहाल्ने अवस्था देखिँदैन।

बालकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको मोरङ र झापाको सिमाना स्थित मावा खोलामा छठ मेला हेर्नेक्रममा छुरा प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन्

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

'नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ' उनले भने,'सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु।'

नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।

चितुवाको छालासहित चार जना पक्राउ

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का समिर ओली, कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिँह भण्डारी रहेका छन्। उनीहरुको साथबाट चितुवाको टाउकोदेखी पुच्छरसम्मको छाला र २ केजी हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद जोशीले जानकारी दिए।

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ। कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो।

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे।

स्थानीय तहः नयाँ सरकार, नयाँ योजना

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पदभार ग्रहण गरेकै दिन ‘आम नगरवासीको जनअपेक्षा अनुसारको विकास’ गर्ने प्रतिबद्धता गरेका छन्।

वडाध्यक्षको परिवारमाथी खुकुरी प्रहार, ४ जना घाइते

गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ। उक्त प्रहारबाट उनका भाइसहित परिवारका ४ जना घाइते भएका छन्।

गोदावरी नपा कैलालीका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशी तथा इन्जिनियर र सव–इन्जिनियरसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदातलमा मुद्दा दायर गरेको छ।

गोदावरी सम्मेलन केन्द्र: एक वर्षमा एक पटक मात्र प्रयोग

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिना अध्ययन र तयारी तामझामका साथ शिलन्यास र उद्घाटन गरेको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झण्डै एक वर्षको अवधिमा एक पटक मात्रै प्रयोगमा आएको छ।

कार्कीले पूरा गरे जनकपुरसम्मको दौड

लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान् मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन्।

निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत गोदावरी सडकमा खाल्डैखाल्डा

निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत सो सडक अलपत्र छ। निर्माण व्यवसायीले कहिलेकाहीँ उपकरण र जनशक्ति थपेर काम गर्न चाहेको जस्तो देखाए पनि नियमित नहुँदा सम्पन्न नभएको स्थानीयवासीको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्