यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्। निकै हाइप बढाएको यो फिल्ममा समावेश गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ रिलिज भएको छ। शुक्रबार निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो।
लोकलयमा आधारित यो गीतमा साप शक्ति र अस्मिता अधिकारीले गाएका छन्। गीतलाई गायक शक्तिले नै संगीत भरेका छन्। उक्त गीत सुवलमणि सापकोटाले लेखेका हुन्। गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाको छ। साथै गीत र गीतको भिडियोले नेपाली समाजको ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउँछ।
यस गीतमा फिल्मका मुख्य कलाकार फलित राई, जाहान्वी बस्नेत, कुशल विष्ट र आश्मा गिरीले छमछमी नाचेका छन्। उनीहरूको नृत्यले दर्शक तथा स्रोतालाई मोहित बनाउने देखिन्छ। नेपाली समाज र परिवेशलाई आधार मानी निर्माण गरिएको यो गीतको भिडियो निकै सुन्दर देखिन्छ।
प्रसिद्धि सिने आर्टस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा मुख्य कलाकार अर्थात् तीनमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई छन्। उनीहरूकै कथा वरपर फिल्म घुमेको छ।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले),गोविन्दप्रसाद पौडेल, भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिलमको कार्यकारी निर्माता विक्रम तामाङ छन्। सहनिर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालले खिचेको यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति, बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई, इन्द्रदेव महर्जन पार्श्वसंगीत सम्राट थापा ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजक रेनिश फागोको छ।
फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन् भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। यस फिल्मको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ। फिल्ममा पार्श्वसंगीत सम्राट थापाको छ भने द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्।
ग्राफिक्स एक्स समिर मिया, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रक सन्देश राई (भान्जा) ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।
प्रकाशित: ६ चैत्र २०८२ १३:३४ शुक्रबार





