२४ वैशाख २०८१ सोमबार
image/svg+xml

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला बढ्योः भुवन केसी

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन्। चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए।

शो दिएन भनेर मेरो बदनाम गर्न खोजियोः भुवन केसी

'बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन शो दिएन भनेर, नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोशिश गरिएको छ। अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन। विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत ल पाउनुपर्छ। नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ।’

चलचित्र क्षेत्र अघि नबढ्नुको कारण पहिचान गरी मन्त्रालयमा बुझाउँछौंः भुवन केसी

'नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। म आएको एक महिना भएको छ। चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ।'

चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँः भुवन केसी

'नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ। म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु। म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ। कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो। मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो। म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु।’

पदभार ग्रहण गर्दै केसीले भनेः नेपाली फिल्म क्षेत्रको समस्याबारे जानकार छु

पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै जतिसक्दो छिट्टै चलचित्रकर्मीहरुसँग सुझाव संकलन गरी सोहीअनुरुप कार्यान्वयनतर्फ अघि बढ्ने योजना रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्