२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चलचित्र क्षेत्र अघि नबढ्नुको कारण पहिचान गरी मन्त्रालयमा बुझाउँछौंः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाली कलाकार र प्रविधिकहरुमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली सिनेमा क्षेत्र पनि संसारका सिने उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताए।

उनले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे। उनले चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक/दुई दिनभित्र नै मन्त्रालयलाई जानकारी गराउने प्रतिबद्धता जनाए।

उनले भने, ‘चलचित्र क्षेत्रमा दुःख मात्रै छैनन्। सम्भावनाको ढोकाहरु धेरै छन्। सम्भावनाका ढोकाहरु पनि खुलिरहेका छैनन्, बन्द भएका सम्भावनाका ढोका हामी खोल्नसक्छौँ। नेपाली सिनेमा क्षेत्रपनि संसारका सिनेमा इण्डस्ट्रीसँग प्रतिस्पर्धा गर्नसक्छ। नेपाली कलाकार र नेपाली प्राविधिकहरुमा ट्यालेन्टको कुनै कमी छैन। नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। म आएको एक महिना भएको छ। चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ। चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत यसबाट नै गर्नसक्छौँ। चलचित्र उद्योग आज सायद प्राथमिकतामा छैन तर चलचित्र क्षेत्र आयश्रोतको पहिलो माध्यम हो। हामी एकजुट भएर अघि बढौं, खुट्टा तान्ने काम नगरौँ।’

प्रकाशित: १८ भाद्र २०७९ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App