coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन्। बुधबार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहेका केसीले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताएका हुन्।

बुधबार सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताए। उनले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गरे।

आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाए। अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताए।

उनले भने, ‘मलाई ठूलो जिम्मेवारी आएको छ। ४० वर्षदेखि म फिल्म इण्डस्ट्रीमा छु। यसका धेरै समस्याहरु बुझेको छु । त्यो समस्या समाधानका लागि म यहाँ आएको छु। केही दिनभित्रै समस्या बुझ्नका लागि एउटा सम्मेलन गरेर त्यसबाट निस्किएको निस्कर्षका आधारमा समस्या समाधान गर्दै अघि बढ्नेछु। आजसम्म कसैले प्राविधिकहरुको समस्या सोधेको छैन। म त्यसलाई समाधान गर्न चाहन्छु। नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ। म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु। म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ। कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो। मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो। म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु।’

कार्यकारी अध्यक्ष केसीले चलचित्रको विकास र उत्थानका लागि आफू लागिपर्ने बताए।

प्रकाशित: ११ श्रावण २०७९ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App