१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पदभार ग्रहण गर्दै केसीले भनेः नेपाली फिल्म क्षेत्रको समस्याबारे जानकार छु

नवनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आज (बुधबार) पदभार ग्रहण गरेका छन्। चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेरकार्यभार सम्हालेका उनलाई कर्मचारी र अन्य पदाधिकारीले स्वागत गरेका थिए।

पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै जतिसक्दो छिट्टै चलचित्रकर्मीहरुसँग सुझाव संकलन गरी सोहीअनुरुप कार्यान्वयनतर्फ अघि बढ्ने योजना रहेको बताए।

बोर्डले आजै अध्यक्ष केसीको स्वागतमा कार्यक्रम समेत आयोजना गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट केसी अध्यक्षमा नियुक्त भएका हुन्। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो। गत वैशाखमा केसी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए।

प्रकाशित: ११ श्रावण २०७९ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App