१५ वैशाख २०८१ शनिबार
image/svg+xml

चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्रीबहादुर’

चलचित्र ‘बद्रीबहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको छ भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ।

चैत १६ देखि पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव

नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।

विवादमा ‘एक भगवत् गीता’

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ।

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला बढ्योः भुवन केसी

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन्। चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए।

फिल्म हलमा विश्वकप फुटबल नदेखाउन विकास बाेर्डकाे ध्यानाकर्षण

नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण हुन लागेको र कतिपय चलिचत्र सिनेमा हलहरुले आफ्नो वबसाइड मार्फत शो समय समेत खुलाएको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

सेन्सर पास भएर मुभी कोड नआएसम्म अग्रिम बुकिङ नखुलाउनुः चलचित्र विकास बोर्ड

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न अनुरोध गर्दै पत्र पठाएका छन्।

शो दिएन भनेर मेरो बदनाम गर्न खोजियोः भुवन केसी

'बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन शो दिएन भनेर, नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोशिश गरिएको छ। अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन। विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत ल पाउनुपर्छ। नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ।’

चलचित्र क्षेत्र अघि नबढ्नुको कारण पहिचान गरी मन्त्रालयमा बुझाउँछौंः भुवन केसी

'नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। म आएको एक महिना भएको छ। चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ।'

बोर्डले शो दिँदैन,नीति निर्माण गर्छः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शो दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन्।

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

चललित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले बोर्ड अध्यक्षमा केसीको योग्यता नपुग्ने भन्दै नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्नुपर्ने माग राखेर रिट दर्ता गरेका हुन्।

छोटो समयमा सही काम गरेर देखाउँछुः केसी

‘समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ। काम गर्न आएको हुँ। छोटो समय नै सही काम गरेर देखाउँने छु,’ उनको भनाइ थियो। जीवनको ४० वर्ष आफूले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए।

चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँः भुवन केसी

'नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ। म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु। म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ। कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो। मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो। म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु।’

पदभार ग्रहण गर्दै केसीले भनेः नेपाली फिल्म क्षेत्रको समस्याबारे जानकार छु

पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै जतिसक्दो छिट्टै चलचित्रकर्मीहरुसँग सुझाव संकलन गरी सोहीअनुरुप कार्यान्वयनतर्फ अघि बढ्ने योजना रहेको बताए।

चलचित्र विकास बोर्डका १० उम्मेदवारको सूची सार्वजनिक, को बन्ला अध्यक्ष?

मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, काठमाडौँका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौँका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्