केन्द्रदेखि परिधिसम्म
उपन्यासले पितृसत्ता, स्त्री चेतना र मानवीय पीडाको सूक्ष्म चित्रण गर्दै बाहिरी सामान्यता भित्र लुकेको गहिरो विषाद, असन्तुलन र आत्मसंघर्षलाई प्रभावशाली ढंगले उजागर गरेको छ।

उपन्यासले पितृसत्ता, स्त्री चेतना र मानवीय पीडाको सूक्ष्म चित्रण गर्दै बाहिरी सामान्यता भित्र लुकेको गहिरो विषाद, असन्तुलन र आत्मसंघर्षलाई प्रभावशाली ढंगले उजागर गरेको छ।
गीत लेख्छु प्रेमपत्र बन्छ,कविता लेख्छु,सम्मोहन बन्छ,आख्यानहरू प्रेमाख्यान बन्छन्, प्रेमालाप बन्छन् गजलहरू, मन किन पग्लन्छ यसरी, सधैं सधैं तिम्रो समीपमा मैनजस्तै !
कविता लेख्नु भनेको सायद आफूलाई अभिव्यक्त गर्नु, मन-मस्तिष्क तन्दुरुस्त राख्नु, आफ्ना विचार र भावनाहरू व्यक्त गर्नु हो।
मन्दिर अनि मूर्ति बनाउने कर्मी काम गरुन्जेल चोखो हुन्छ। जब त्यही मूर्ति मन्दिरभित्र राखिन्छ अथवा त्यो संरचनालाई मन्दिरमा रूपान्तरण गरिन्छ अनि त्यसैको सर्जक आफ्नै सिर्जनाको स्पर्शबाट वर्जित हुन्छ। लुगा सिउने दमिनी भाउजू वा शुभसाइतमा बाजा बजाउने दमाईं दाइ र जुत्ता बनाइदिने सार्की दाइको पनि यस्तै कथाव्यथा छ समाजमा।
कवितामा पाठकले अर्थका नयाँ तह वा आयाम खोज्छ। त्यो उसको चेतनाको तह, मानसिक क्षितिज, वैचारिक धरातल, समय, परिवेश या परिस्थितिअनुसार फरक हुन पनि सक्छ। धेरै टाढा नजाऔँ, २०२६ सालमा प्रकाशित भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’लाई के पञ्चायतकालीन राजनीतिक अन्धोपन मात्रै भनेर बुझिरहने ? २०४६ पछिको बहुदलीय व्यवस्थाको छाडापन अथवा २०६२/६३ पछि मौलाएको गणतान्त्रिक नेपालका कुर्चीहरूमा देखिएको अव्यवस्थाको नाङ्गो स्वरूप भनेर बुझ्न पाइने कि नपाइने ?
जब ताना शर्माले गरेको सुम्निमाको अनुवादलाई केस्राकेस्रा केलाएर नङ्ग्याउने काम गरे, अनि मैले उनलाई कडक मान्छे भन्न थालेको हुँ। उमेरसँगै उनको कडकपन क्रमशः नरम हुँदै गएको प्रतीत हुन्छ अचेल। उनी जति कडक छन्, उति नरम र मुलायम निबन्ध लेख्छन्।
सामान्य अर्थमा पुरस्कार, सम्मान, अभिनन्दन, मानपदवी कुनै पनि व्यक्ति, व्यक्तित्व, कृति र कृतित्वको सम्मान र कदर हो।
