२१ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कार दुर्घटना, ९ जनाको मृत्यु

पश्चिमी भारतको महाराष्ट्रमा कार दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

शुक्रबार राति नासिक जिल्लाको डिन्डोरी शहरको शिवाजी नगर क्षेत्रमा भएको दुर्घटनामा परेर ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सामाजिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ।

दुर्घटनाको छानबिन गर्न प्रहरीले आदेश दिएको छ।

प्रकाशित: २१ चैत्र २०८२ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App