२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रविसँगको तस्बिर सेयर गर्दै ज्ञानेन्द्रले भने : विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विगतका दु:खहरूले कमजोर नभइ दृढ बनाएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको तस्बिर सेयर गर्दै शाहीले यस्तो बताएका हुन्। उनले यस कारण नै आज आफूहरू एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेको जिकिर गरे।

'विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं,' शाहीले भने।

प्रकाशित: २१ चैत्र २०८२ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App