२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘सम्बन्धन’ राजनीतिको चेपुवामा एएफयु

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) अहिले बन्द छ । नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी गरेपछि विद्यार्थीले विश्वविद्यालय बन्द गराएका छन् ।

त्रिविमा बेथिति

त्रिभुवन विश्वविद्यालयमा चरम आर्थिक अनियमितता र बेथिति भएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले त्रिविमा बेथिति भएको खुलासा गरेको हो।

मन्त्रिपरिषदले सम्बन्धन खारेज गरेका क्याम्पसमा भर्ना खुला

मन्त्रिपरिषद बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन्। रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो।

विश्वविद्यालय सम्पत्ति विवादले कामकारबाहीमा समस्या

सरकारले आठ वर्षअघि स्थापना गरेको मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको सम्पत्ति विवाद समाधान नहुँदा कामकारबाहीमा समस्या देखिएको छ। ती विश्वविद्यालयका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रमा पनि अझै त्रिभुवन विश्वविद्यालयकै नाम रहेको छ।

पोखरा विश्वविद्यालय प्रदेश १ मा

पोखरा विश्वविद्यालय अब प्रदेश १ मा समेत सञ्चालन हुने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषदले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाको लागि स्विकृती दिएको छ।

त्रिविका सबैभन्दा खराब विद्यार्थी !

किशोर अवस्थाका सरुभक्त आफू मात्रै बसेको र साथीभाइ सबै उभिनुपरेपछि हाँसोले आफूले आफूलाई रोक्न सकेनन् साथीहरूतर्फ हेर्दै मज्जाले हाँसिदिएछन् । त्यसपछि मार्था गुरुआमाको रिसले पारो चढेछ । अरूलाई बसाएर स्टिलको स्केलले उनैले कुटाइ खाएछन् । त्यो घटना सम्झिँदै रोमाञ्चित भएका सरुभक्तले थपे, ‘आफू मात्रै बसेको, अरू सबै उठेको त्यो दृश्य देख्दा हिजोआज त हाँसो उठ्छ झन् त्यतिबेला किन नउठ्नु ?’

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना

कानुनको स्नातक तह (एलएलबी) पढ्न नेपाल ल क्याम्पसमा झन्डै १२ हजार विद्यार्थी भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रहेको ल क्याम्पसमा एकै वर्षमा यति धेरै विद्यार्थी भर्ना भएको यो पहिलो अवसर हो। क्याम्पस प्रशासनका अनुसार एलएलबी प्रथम वर्षमा यो संख्या अझै बढ्ने क्रममा छ।

प्राज्ञिक अनुसन्धान किन कमजोर?

नेपाली पत्रपत्रिकामा केही हप्ता बिराएर नेपालको प्राज्ञिक अनुसन्धानबारे समाचार, टिप्पणी, आलेख प्रकाशन गरिन्छन्। ती प्रायः सामग्रीमा खास गरी त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका खस्किएको हालतको चर्चा गर्दै नेपालको प्राज्ञिक अनुसन्धान कमजोर हुनमा दलीयकरणलाई जिम्मेवार ठह-याइएको पाइन्छ ।

‘राजनीतिको भारीले त्रिभुवन विश्वविद्यालय थाक्याे’

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन विश्वविद्यालयका पदाधिकारी अघि बढ्नुपर्ने बताएका छन्।

त्रिवि सभाद्वारा २१ अर्ब १० करोड बराबरको बजेट पारित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५/०७६ को लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। प्रस्तावित बजेटमा ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानको रुपमा माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गर्ने उल्लेख छ।

शिक्षामा एक वर्षभित्र संख्यात्मक होइन गुणात्मक परिवर्तन हुन्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन्।

परिपक्व प्रस्ताव ल्याउन कुलपतिको चेतावनी

कृषि तथा वन विश्वविद्यालयको शुक्रबार बसेको सातौं सभामा उपकुलपति ईश्वरीप्रसाद ढकालले पेस गरेको प्रस्ताव विश्वविद्यालयको हितमा नभएका भन्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकृत गरेका छन्।

त्रिविमा प्रक्रियाविपरीत कामु दिइँदै

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रक्रियाविपरीत पुनः दुई कर्मचारीलाई श्रेणी बढुवासाथ रेक्टर र रजिस्ट्रार कार्यालयका कायममुकायम पदमा नियुक्त गरेको रहस्य खुलेको छ।

एएफयुमा तालाबन्दी, सम्बन्धनको समस्या कायमै

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा प्राध्यापकहरूले मंगलबारबाट विश्वविद्यालय बन्द गराएका छन् । भदौ ६ गते एएफयुको कृषि संकायको डीनको कार्यकक्षमा तालाबन्दी गरेका प्राध्यापकले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित संकायमा तालाबन्दी गरेका छन् ।

पुस्तकालयको त मतलबै छैन

त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा अझैँ पनि नेपालीका लागि प्रतिस्पर्धीविहीन छ । प्रतिस्पर्धी नभएको धावक कति दौड्ला सबैले अनुमान लगाउन सक्छन् । त्रिविका धेरैजसो निकाय कामकाजी नभएको भनी आलोचना हुने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्