७ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

पोखरा विश्वविद्यालय प्रदेश १ मा

पोखरा - पोखरा विश्वविद्यालय अब प्रदेश १ मा समेत सञ्चालन हुने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषदले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाको लागि स्विकृती दिएको छ। विश्वविद्यालयकाे आंगिक क्याम्पस मोरङको उर्लाबारीमा सञ्चालन हुनेछ।

प्राविधिक विषयहरु अध्ययन अध्यापन गराउँदै आएको प्रतिष्ठानले त्यहाँ विज्ञान तथा प्रविधी संकायतर्फ सिभिल ईन्जिनियरिङ र कम्प्युटर ईन्जिनियरिङका कार्यक्रम सञ्चालन गर्नेछ। उक्त कार्यक्रम सञ्चालन गर्न सोमबार विश्वविद्यालयका विज्ञान तथा प्रविधी संकायका डिन बुद्धिराज जोशी र प्रतिष्ठानका कार्यकारी अधिकृत विनोद अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

क्याम्पसमा यसै शैक्षिक सत्रबाट ९६ सिट सिभिल ईञ्जीनियरिङ्ग र ४८ सिट कम्प्युटर ईञ्जीनियरिङ्गको अध्ययनअध्यापन गरिने छ। प्रतिष्ठानले विश्वविद्यालयको संयुक्त आंगिक कार्यक्रमका लागि सबै प्राविधिक तथा भौतिक पूर्वाधारको तयारी पुरा गरिसकेको छ।

कलेजले विश्वविद्यालयको आंगिक कार्यक्रममा व्यवस्था भए बमोजिमकै शैक्षिक शुल्कमा अध्यापन गराउने र २० प्रतिशत विद्यार्थीहरुले समेत पूर्ण छात्रवृत्तिको अवसर प्राप्तगर्ने विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले बताए।

हाल विश्वविद्यालयसँग ४ वटा आंगिक, २ वटा संयुक्त आंगिक र ५८ वटा सम्बन्धन प्राप्त कलेजहरु छन्। अब विश्वविद्यालय प्रदेश नं. २ र ६ बाहेक सबै प्रदेशमा ६५ वटा कलेजहरु सहित नेपालको दोस्रो सबैभन्दा बढि विद्यार्थी संख्या रहेको विश्वविद्यालयको रुपमा स्थापित भएको छ।

प्रकाशित: १३ कार्तिक २०७५ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App