२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एमाले सांसदले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए

स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्।

एमालेको राष्ट्रवादः उपलब्धि र शङ्का

एमाले अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले संविधान निर्माण, लागु र पारित गराउन लिएको दृढ अठोट र अडानलाई खोक्रो र आडम्बरी राष्ट्रवाद भन्नेले भरिलो राष्ट्रवादको परिभाषा दिन सक्नुपर्छ ।

संविधान संशोधन विरुद्ध एमालेको प्रर्दशन

राष्ट्रहित विपरित संविधान संशोधन गर्न लागिएको भन्दै एमाले बाँकेले आइतबार नेपालगन्जमा प्रर्दशन गरेको छ। कार्यान्वयन गर्नुपर्ने बेलामा संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले गम्भीर गल्ती गरेको भन्दै एमाले कार्यकर्ताले प्रर्दशन गरेका हुन्।

'एमालेले संसद् अवरोध फिर्ता गर्छ'

वर्षमान पुन माओवादी केन्द्रका नेता हुन्। प्रधान मन्त्री पुष्पकमल दाहालको नजिकका मानिने उनी पार्टीमा पनि राम्रो पकड राख्छन्। सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको मधेसी दल तथा ५ नं. क्षेत्रका जनताले विरोध गर्नुको कारण स्पष्ट नबताए पनि उनले प्रमुख प्रतिपक्षी एमालेका गातिविधिचाहिँ लोकतान्त्रिक नभएको दाबी गरे।

एमाले आन्दोलन विखण्डनकारी : मोर्चा

मधेसी मोर्चाले संविधान संशोधन हुन नदिन एमालेले आन्दोलन गरेको ठहर गर्दै तत्काल रोक्न  चेतावनी दिएको छ। मोर्चाले एमाले अगुवाइमा भएको आन्दोलनलाई 'विखण्डनकारी, उग्रवादी र अतिवादी' को संज्ञा दिएको छ। यसैगरी मोर्चाले संशोधन विधेयक परिमार्जन भए सरकारलाई साथ दिने स्पष्ट पारेको छ।

निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन्।

एमालेको सदस्यताका लागि परीक्षा लिने: उपाध्यक्ष शाक्य

नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्। नेकपा एमाले चितवनले शनिबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन्।

संशोधन विधेयक राष्ट्रघातीः एमाले सचिव ज्ञवाली

सरकारले संविधान संशोधन विधेयक दर्ता गराएर राजनीतिक दलहरुबीच तिक्तता बढाएको र समाजलाई पनि ध्रुवीकरण गराएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन्। पार्टी चार महिना अभियानअन्र्तगत शनिबार धरानमा कार्यकर्ता प्रशिक्षणमा आएका नेता ज्ञवालीले पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै सरकारको संशोधन विधेयकले पहाड र तराईको बेग्लै राष्ट्रियता भन्ने मधेस केन्द्रित दलहरुको राष्ट्रघाती सोचलाई स्थापित गराउने षड्यन्त्र भएको पनि ठोकुवा गरे।

फोरमका पाँच केन्द्रीय सदस्य सहित ९२ एमाले प्रवेश

विभिन्न पार्टी परित्या गरी ९२ जना नेकपा एमाले प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरे।

एमालेले सत्ताप्राप्तिको भर्‍याङ बनायो : कांग्रेस

नेपाली कांग्रेसका नेताहरूले संविधान संशोधनलाई प्रमुख प्रतिपक्षी एमालेले सत्ताप्राप्तिको भर्‍याङ बनाउन लागि परेको बताएका छन्। सरकारबाट बाहिरिनुपरेको कुण्ठाका कारण एमालेले संविधान संशोधन गर्न नदिएर प्राप्त उपलब्धिमाथि नै धावा बोल्न लागेको उनीहरूको आरोप छ।

संशाेधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले सडक र सदन ठप्प पार्ने

नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन्। विष्टले संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न नसक्ने भन्दै प्रस्ताव फिर्ता नभएसम्म एमालेलेसदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए।

एमालेले चाह्यो अन्तर्राष्ट्रिय समर्थन

नेपालको अान्तरिक मामिलामा भारतीय दाउपेचको सामना गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालका कुनै पनि समस्या समाधान गर्न राष्ट्र सक्षम रहेको उल्लेख गर्दै ‘राष्ट्रिय हितमा विश्वभरिका मित्रहरुबाट शुभेच्छाको अपेक्षा’ गरेको छ।

प्रस्तावको विरोधमा एमालेको प्रर्दशन

५ नम्बर प्रदेशलाई तराई मधेशमा टुक्राउने गरी संसदमा गरेको प्रस्ताव विरुद्ध सदमुकाम गुलरियामा एमालेले सोमबार बिरोध प्रर्दशन गरेको छ। एमालेको विरोध प्रर्दशनलाई समर्थन गर्दे उद्योग वाणिज्य संघले गुलरिया बजार बन्दको आह्वान गरेको छ। प्रर्दशन र बन्दको कारण गुलरियाको जनजीवन प्रभावित भएको छ ।

एमालेले बोलायो स्थायी कमिटी बैठक

सरकार र प्रतिपक्षबीचको दूरी बढिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै स्थायी कमिटीको बैठक बोलाएको छ। अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, त्यसपछि उत्पन्न राजनीतिक तिक्तता र संशोधन प्रस्तावको विरुद्ध स्वतस्फूर्त रुपमा उर्लिएको जनमतका विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

संशोधन प्रस्ताव फिर्ता लिन एमाले नेता पौडेलको माग

नेकपा एमालेका उप–महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्