१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रस्तावको विरोधमा एमालेको प्रर्दशन

बर्दिया–५ नम्बर प्रदेशलाई तराई मधेशमा टुक्राउने गरी संसदमा गरेको प्रस्ताव विरुद्ध सदमुकाम गुलरियामा एमालेले सोमबार बिरोध प्रर्दशन गरेको छ। एमालेको विरोध प्रर्दशनलाई समर्थन गर्दे उद्योग वाणिज्य संघले गुलरिया बजार बन्दको आह्वान  गरेको छ। प्रर्दशन र बन्दको कारण गुलरियाको जनजीवन प्रभावित भएको छ । संशोधन प्रस्ताव बिरोधको जनप्रर्दशनमा स्थानीय सहभागीता बढ्दै गएको छ ।

सर्वसाधरण,व्यबसायी र एमालेका कार्यकर्ताले प्रदेश टुक्राउने भन्दै चर्को नारा लगाउँदै चर्को बिरोध गरेका छन्। प्रर्दशनमा गर्दे एमालेका कार्यकर्ताले गुलरिया नगरपालिका परिक्रमा गरेका थिए। एमालेको पार्टी कार्यालयबाट निस्केको र्याली  जिल्ला प्रहरी कार्यालय हुदै राधाकृण चोकमा बिरोध सभामा परिणत भएको थियो।
 बिरोध सभामा वाल्दै वक्ताहरुले प्रस्ताव फिर्ता नलिए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन्।

पार्टी विशेष नभई प्रस्तावको विरोधमा सहभागिता जनाउन  वक्ताहरुले आह्वान गरे। गुलरिया नगरपरिक्रमा  प्रदेश टुक्राउने  खेलले हिमाल,पहाड र तराई सम्बन्ध तोड्न खोजिएको उनीहरुको आरोप छ । प्रदेश टुक्राउने प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी रहने एमालेका अध्यक्ष हरि ज्ञवालीले बताए ।यसअघि प्रस्तावको विरोधमा राजापुरमा चक्काजाम गरेको एमाल कार्यकर्ताले चरणबद्ध आन्दोलन निरन्तरता दिनकालागि  गुलरियामा प्रर्दशन गरेको हो ।
 

प्रकाशित: २० मंसिर २०७३ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App