२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एमाले र मधेसी दल विखण्डन ल्याउने षडयन्त्रमा: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संसोशनको प्रस्तावमा प्रमुख प्रतिपक्षी एमालेसँगै मधेसी दलहरु बिखण्डन ल्याउने षडयन्त्रमा लागेको जिकिर गरेका छन्। उनले पहाड–मधेसका जनताका जनताबीच बैमनस्यता र अमनचैयन कायम हुन नदिएर दुवै पक्ष बिखण्डन ल्याउन खेलमा लागेको बताए।

एमालेका कार्यक्रम विथोल्ने मोर्चाको चेतावनी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले नेकपा एमालेका औपचारिक कार्यक्रम पर्सामा गर्न नदिने निर्णय गरेको छ। वीरगन्जको मुर्ली बगैचामा बसेको मोर्चाको बैठकले मधेसीको माग पुरा गर्न एमाले बाधक भएको भन्दै जिल्लामा औपचारिक कार्यक्रम गर्न नदिने बताएको हो।

एमाले संशोधन पक्षमा आउँछ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव बहुमतले पारित हुने दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारस“ग कुरा गर्दै देउवाले सबै दलस“ग छलफल गरेर संशोधन प्रस्ताव ल्याएकाले बहुमतले पारित हुने दाबी गरेका हुन्।

नक्साङ्कनको प्रस्ताव एमालेकै सहमतिमाः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संसोशनको दर्ता प्रस्तावमा नक्साङ्कन एमालेकै सहमतिमा ल्याएकाले सहयोग गरेर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् ।

संशोधनमार्फत् तराइलाई जाफ्ना बनाउने षड्यन्त्रः एमाले

मुख्य विपक्षी दल नेकपा एमालेले संविधान संशोधनमार्फत तराईलाई अनन्तकालसम्म द्वन्द्व र अस्थिरतामा थकेल्ने प्रयास भएको ठहर गरेको छ। संशोधन प्रस्तावबारे १५ बुँदे तर्क सार्वजनिक गर्दै एमाले सचिव योगेश भट्टराईले शुक्रबार भने, 'श्रीलङ्काको जाफ्ना टापुमा जस्तै तराईलाई सधैँ कलहको क्षेत्र बनाइराख्न खोजिएको छ। यो राष्ट्रका लागि घातक छ।'

संसोधन प्रस्ताव पक्षमा एमालेले मतदान गर्छः देउवा

‘सबैदलसँग छलफल गरेर प्रस्ताव दर्ता गरिएकाले अहिले जे देखिए पनि मधेसी मोर्चा र एमालेले पनि पक्षमै मतदान गर्छन्।’ प्रदेश छुट्याएको भन्दै आन्दोलनमा उत्रेकाहरूलाई पनि चाँडै मिलाउने उनले बताए। ‘आन्दोलन गर्नेहरूलाई सम्झाइ बुझाई चाँडै मिलाउँछौं’, उनले भने।

एमालेलाई जिम्मेवार बन्न देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्तावमा समर्थन जनाएर निर्वाचनको वातावरण बनाउन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेका छन्।

एमालेसहित चार दलको मोर्चाबन्दी

संसद्मा रहेका चार कम्युनिस्ट पार्टीले संविधान सम्बोधन प्रस्ताव राष्ट्रघाती भएको ठहर गर्दै त्यसलाई असफल बनाउन मोर्चाबन्दी गरेका छन्। नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेपाल मजदुर किसान पार्टीको संसद्भवन बानेश्वरमा बसेको बैठकले प्रस्ताव असफल बनाउन अन्य दलसँग समेत वार्ता गर्ने निर्णय गरेको छ।

एमाले अवरोधप्रति कांग्रेस सांसदको आपत्ति

नेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधन विधेयक स्वागतयोग्य रहेको उल्लेख गरेको छ।

नेकपा एमालेसहित विपक्षी दलद्वारा संसद अबरोध

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमाेर्चालगायत दलले बिहीबार बसेकाे व्यवस्थापिका संसद बैठक अबराेध गरेका छन्। सरकारले संसदमा दर्ता गरेकाे संविधान संशाेधन विधेयकप्रति विराेध जनाउँदै प्रमुख प्रतिपक्षासहतिका दलले संसद अबराेध गरेका हुन्।

नवलपरासीकाे एमाले पार्टी कार्यालयमा आगजनी

नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागीको प्रयास भएको छ। परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहबाट आगोलागीको प्रयास भएको बताइएको छ। मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आयोलागीको प्रयास भएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।

एमाले अखिलद्वारा देशभरका कलेज अगाडि प्रदर्शन, ३ बजे मुर्दा जुलुश

संविधान संशोधन विधेयकको विरोधमा एमाले विद्यार्थी संगठन अनेरास्ववियूले मुलुकभरिका मुख्य क्याम्पस अगाडि बिहीबार बिहान प्रदर्शन गरेको छ। बिहान ९ बजेदेखि राजधानीका मुख्य कलेज अगाडि प्रदर्शन गर्दा ट्राफिक अस्तव्यस्त भएको थियो।

संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै असफल पार्ने एमाले रणनीति

संविधान संशोधन प्रस्ताव असफल बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा संघर्ष तथा न्यायालयबाट परीक्षण गराउने रणनीति तय गरेको छ।

संविधान संशाेधनविरूद्ध एमालेकाे प्रदर्शन

नेकपा एमाले भातृ संगठनहरू युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले संविधान संशाेधन विधेयककाे विराेध गर्दै संयुक्त रूपमा काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

संशोधन प्रस्तावको विरोधमा संसद अबरुद्ध पार्ने एमाले निर्णय

प्रमुख प्रतिपक्ष एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मुलुक ध्वस्त पार्ने निष्कर्ष निकाल्दै भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्ने निर्णय गरेको छ। बैठकले संविधान संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै संविधान संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्