इटहरी–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संसोशनको दर्ता प्रस्तावमा नक्साङ्कन एमालेकै सहमतिमा ल्याएकाले सहयोग गरेर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् ।
उनले काँग्रेस–एमालेसँग भएको पुरानो सहमति अनुसार नै नक्साङ्कन प्रस्ताव आएको र मधेसवादी दलले पनि बिरोध गर्नुको कुनै अर्थ नभएको बताए ।
पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरि संशोधन विधेयक ल्याएको भनेर सरकारको आलोचना र बिरोध भइरहेको बेला देउवाले एमालेकै सहमतिमा नक्साङ्कनको प्रस्ताव ल्याएको बताएका हुन् ।
‘एमालेले पनि आफ्नो हठ त्यागेर सहमितमा आउनुपर्छ, मधेसवादी दलले पनि केही लचिलो हुनुपर्छ,’ सभापति देउवाले शुक्रबार इटहरीमा नीजि विद्यालयको छाता संगठन व्याब्सन सुनसरीको १३ औं अधिवेसनलाई सम्बोधन गर्दै भने । देउवाले एमालेकै सहमतिमा ल्याएको नक्साङ्कनको प्रस्ताव तुरुन्तै नमाल्नुपर्ने स्थिती के छ ? भनी प्रतिप्रश्न गरे ।
‘पहाड–मधेसका दाजुभाई–दिदीबहिनी मिलेर बस्नुपर्छ,’ उनले भने, ‘कोही पनि मधेस विरोधी वा पहाड बिरोधी हुनु भएन् ।’ उनले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रका चुनाब गराउर्नैपर्ने नत्र प्राप्त उपलब्धी गुम्ने बताए । ‘तीन तहको निर्वाचन भएन भने संविधान कार्यान्वयन हुँदैन् । यी तीनै तहको निर्वाचन गराउन सबै लाग्नुपर्छ,’ उनले भने ।
नेता देउवाले पार्टीले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिने बताउँदै नीजि शैक्षिक संस्थाप्रतिको सरकारी पक्षले उद्दार नीति अप्नाउनुपर्ने बताए । ‘नेपालीका छोराछोरीलाई नेपालमै पढ्ने वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने, ‘शैक्षिक क्षेत्रमा विदेशी आएर पढ्ने शैक्षिक हब बनाउनुपर्छ अनि मात्र मुलुक समृद्दि र उन्नतितर्फ अघि बढ्नेछ ।’
सोही क्रममा पाँच जनालाई सम्मान गरियो । जसमा प्याब्सनको पूर्व अध्यक्ष तथा सासद उमेश श्रेष्ठ र बाबुराम पोखरेलसहित प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष राजेश खड्का, सुनसरी जिल्ला सल्लाहकार मदन श्रेष्ठ र निरज नेपाललाई सम्मान गरिएको हो । १३ औं अधिवेसनमा नयाँ नेतृत्वका लागि प्याब्सन सुनसरीमा अध्यक्षका लागि दलगत प्रतिस्पर्धा हुनेछ । जसमा काँग्रेसबाट सुमित थापा र एमालेबाट जीव गुरागाईबीच प्रतिस्पर्धा हुने लागेको हो ।
प्रकाशित: १७ मंसिर २०७३ ०९:३७ शुक्रबार