६ आश्विन २०८१ आइतबार
image/svg+xml

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट विचौलियाहरु पक्राउ

प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट घरमा लाखौँको क्षति

विद्युत सर्ट भएर फुसको छाना भएको घरमा आगो लाग्दा तीन ओटा घरमा सल्केर खरानी भएको छ। आगोले घरभित्र रहेको एलइडी टिभी, खाद्यान्न, लत्ता कपडा, गरगहना, फर्निचर र केहीनगद गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ।

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

गाउँगाउँमा समुदाय-प्रहरी कार्यक्रम

जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतका प्रहरी युनिटहरु मार्फत गाउँगाउँमा समुदाय–प्रहरी कार्यक्रम गरिएको छ। प्रहरीले ११ वटा स्थानीय तहमा समुदाय–प्रहरी कार्यक्रम गरेको हो।

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ।

बोक्सी आरोपमा महिलामाथि कुटपिट

पचरौता नगरपालिका ५ बेल्दारीमा सोमबार एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।

खुल्यो पाल्पा-बुटवल सडक खण्ड

पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ। कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्