१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेपछि बागलुङमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बडिगाड गाउँपालिका-५ न्वारास्थित बडिगाड खोलामा अवैध रुपमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड-२ सक्न्यारका ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए।

करेन्ट लागेको छबिलालको घटनास्थलमै मृत्यु भएको र उनीसंगै माछा मार्न गएका अन्य ५ जना सकुशल रहेको जानकारी प्राप्त भएपछि प्रहरीचौकी ग्वालीचौर र इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोलीले घटनाको प्रारम्भीक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रकाशित: १ असार २०७९ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App