७ आश्विन २०८१ सोमबार
image/svg+xml

किसानको अर्बौ मूल्यको उखु खेतमा सुक्दै

बारा, पर्साका ११ हजार भन्दा बढी किसानहरुले खेतमा लगाएको अर्बौ मूल्य बराबरको उखु खेतमै सुक्न थालेको छ। मूल्यको विषयलाई लिएर चिनी मिल सञ्चालकले चिनी मिललाई सञ्चालन गर्न आनाकानी गर्दा किसानको अर्बौको उखुबाली अहिले बिक्री हुन नसकेपछि खेतमै सुक्न थालेको बताइएको छ।

उखुको मूल्य न्यूनतम पाँच सय ४५ ताेक्न माग

किसानले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल न्यूनतम पाँच सय ४५ रुपैयाँ हुनुपर्ने माग गरेका छन्। नेपाल उखु उत्पादक महासंघ, नेपाल उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक संघ, किसान हकहित समिति सर्लाहीका नेताहरुको संयुक्त बैठकले न्यूनतम मूल्य पाँच सय ४५ रुपैयाँ हुनुपर्ने माग गरेको हो।

चिनी उद्योग चलेन, आफैँ सख्खर बनाउँदै किसान

पुस तेस्रो साता सकिन लाग्दासम्म पनि चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन्। जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिजले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीका कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन्।

हात्तीबाट बालीनाली जोगाउन समस्या

खैरहनी नगरपालिका–११ को पिद्रहनी, गैडाहा र सुन्दरबस्तीमा मंगलबार राती जंगली हात्तीले बालीनाली नष्ट गरेको छ। गैडाहामा किसानको गहुँ नष्ट गरिदिएको छ भने सुन्दरवस्तीमा नवराज उप्रेतीको बंगुर खोर र अस्थायी बसोबास गर्ने घर हात्तीले भत्काइदिएको छ। मध्यरातमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर पूर्ण रुपमा र बंगुरको खोरमा क्षति पुर्‍याएको छ।

सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को स्राङका इन्द्रबहादुर मगरको बारीभरी लटरम्म सुन्तला फलेको छ। घरै वरिपरी दुई रोपनी जग्गामा लगाइएको सुन्तलाले पाखा नै पहेलो बनाएको छ। पहेलै भएर फलेका सुन्तला बारीभरी नै झरेको छ भने केही बस्तुभाउलाई पनि खुवाउने गरेको मगरले बताए।

मूल्य नपाउँदा उखु किसान मर्कामा

सरकारले तोकेको मूल्य नपाउँदा कपिलवस्तुका उखु किसानहरु मर्कामा परेका छन्। जिल्लाको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिल दुई वर्षअघि सर्लाहीमा स्थानान्तरण गरिएपछि उखु किसान निकै सस्तोमा उखु बेच्न बाध्य भएका हुन्।

मेवा तथा कुरिलोको व्यवसायीक खेती

सुचना प्रविधिको मद्दतले खेती पनि गर्न सकिन्छ र ? भन्दा अचम्म लाग्न सक्छ, सुन्दा पत्यार लाग्दैन ? तर यो यथार्थ हो ? रौतहटको एकजना किसानले व्यवसायिक रुपमै मेवा र कुरिलो खेती गरेर प्रमाणित गरेर देखाइ दिएका छन्। सुचना प्रविधिको सही प्रयोग गरेर अरु किसानको लागि उनी अहिले यो क्षेत्रमा प्रेरणाका श्रोत बनेका छन्।

'उखुमा सँधै किचलो'

इष्टर्न सुगर मिलले उखु क्रसिङ सुरु नगरेपछि पूर्वका उखु किसान  चिन्तित बनेका छन्। समयमा क्रसिङ सुरु नभएका कारण  उत्पादन भएको उखु खेतमै सुक्ने चिन्ताले किसानलाई सताउन थालेको छ।

कृषि नीतिमा पाँच बुँदा

किसानका मुद्दा किसानका मात्रै हैनन्। देशको कृषि नीतिले समग्र समाजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालगायत जनताको सुस्वास्थ्य समेतलाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले राज्यका हरेक नागरिक यसबाट प्रभावित हुने गर्छन्।

किसानले गहुँको बीउ पाएनन्

सप्तरीको तिलाठी–कोइलाडी गाउँँपालिका–८ का इन्द्रदेव यादव चार बिघा खेतमा यसपालि गहुँ लगाउँने तयारी गरेका छन्। खेत जोतेर तयारी अवस्थामा राखेका यादव पछिल्लो चार–पाँच दिनदेखि गहुँको बीउका लागि स्थानीय सहकारी संस्थादेखि लिएर राजविराजस्थित कृषि ज्ञान केन्द्र कार्यालयसम्म धाइरहे पनि बीउ पाउन सकेका छैनन्।

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन। सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।

‘चिक्स होलिडे’ गर्दै कुखुरापालक किसान

लागत मूल्य नपाउँदा कुखुरापालक किसानले आन्दोलन सुरु गरेका छन्। बिचौलियाका कारण किसान घाटामा गएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग किसानले राखेका छन्। किसानका माग सम्बोधन नभए पुस १ गतेदेखि ‘चिक्स होलिडे’ गर्ने नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिए।

सुन्तला खेतीले किसानको मुहारमा चमक

दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका तेजबहादुर लावतीले आफ्नो बगानको सुन्तलाको दाम ६ लाख ५० हजार थापेका छन्। उनको घरैको छेउदेखि फैलिएको बगानमा लटरम्म सुन्तला फलेको छ।

केरा उत्पादक किसानलाई राहत वितरण

कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा खेती नष्ट गरिएको लामो समयपछि पीडित किसानलाई राहत वितरण गरिएको छ। कालिका नगरपालिका र चितवन केरा उत्पादक संघले शुक्रबार पीडित किसानलाई राहत वितरण गरेको हो।

विषादीविरुद्ध नालाका किसान

रासायनिक विषादी नहालिकन तरकारी फल्दैन भन्ने मान्यता बोकेका काभ्रे, बनेपा नगरपालिका (साबिक उग्रचण्डी र टुकुचा नाला गाविस)का महिला यतिखेर विषादीविरुद्ध उभिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्