विर्तामोडको हनुमान सेन्ट्रल भवनमा आगलागी
विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन्।
विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन्।
भारतीय पक्षको एकलौटीपन र हेपाहा व्यवहारका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५, ७ र १२ का पाँच सयभन्दा बढी परिवार तीन दिनदेखि घरबारविहीन अवस्थामा छन्। निरन्तर वर्षाबीच कोही पाल टाँगेर त कोही खुला आकाशमुनि नै लालाबाला तथा वृद्धवृद्धासहित कोसी पश्चिमी तटबन्धमाथि दिन काट्न बाध्य छन्।
काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू स्तुपासम्मको पैदयात्राको गुरुयोजना सार्वजनिक गरेको छ।
कुनै शक्तिको आडमा बिना रोकावट महर्जन कम्प्लेक्स निर्माण भइरहेको छ। त्यस्तै सम्पदाको संरक्षण गर्ने काठमाडौं महानगरपालिका हनुमान ढोकाको मौलिकता बचाउन अग्रसर हुनु पर्नेमा व्यापारिक इशारामा चलिरहेको छ।
हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार वसन्त पञ्चमीको अवसर पारेर बसन्तपुर पुगिन्। हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्याल अभिषेकको हातबाट उनले टीका, माला र फूलप्रसाद ग्रहण गरिन्। परम्परादेखि चलिआएको वसन्त पञ्चमीमा राष्ट्राध्यक्ष एवं सरकार प्रमुख उपस्थित हुन्छन्। सोही परम्परालाई आत्मसाथ गर्दै राष्ट्रपतिलाई त्यहाँ उपस्थित गराइएको हो। सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मान गरिएको थियो। किंवदन्ती अनुसार श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा उनकी प्रेमिका राधा लागेकी थिइन्। राधाको साथमा उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएको मान्यता छ। सो क्रममा कृष्ण भगवान्को आराधना समेत गरेको गरेको धार्मिक प्रसंग छ।
वसन्तपुर क्षेत्रको समस्या समाधानका लागि बनाइएको गठित कार्यदलले हनुमानढोका वरिपरि राखिएको अव्यवस्थित फुटपाथका पसल बुधबार हटाएको छ। फुटपाथले गर्दा सवारी जाम, पर्यटकलाई सास्ती जस्ता समस्या आएपछि पसलहरू हटाइएको हो।
काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित वीर हनुमान ब्रिक फेक्ट्रीको भट्टाभित्र धुँवा पास गर्न बनाइएको गारो (डग वाल) भत्कँदा किचिएर भाइबहिनीको मृत्यु भएको छ। गारोले थिचेर दुईजना घाइते भएका छन्।
दुबै हात आशीर्बादी मुद्रामा भएको यस्तो मूर्ति अन्यत्र भेटिएको छैन । यिनैै बजरंगबलीका कारण वस्तीको नाम हनुमाननगर रहन गयो ।
सर्वोच्च अदालतले हनुमानढोका संरक्षित स्मारक क्षेत्रभित्र भवन बनाउँदा जमिनमुनिको तला(बेसमेन्ट)को नक्सा स्वीकृति नदिन निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्व सम्पदाभित्र रहेको हनुमानढोका क्षेत्रभित्र ३५ फिट भन्दामाथि भवन बनाउन नपाइनेगरी आदेश गरेको हो।
गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन्।
उपत्यकाको प्रमुख जात्रामध्येको इन्द्रजात्रा शुक्रबारदेखि सुरु हुँदैछ । बिहान ७ बजे वसन्तपुरस्थित हनुमान ढोकाबाट लिंगो उठाएपछि जात्रा सुरु हुनेछ ।
काठमाडौं हनुमानढोका परिसरमा गत शुक्रबार बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ।
सोमबार राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका झण्डै ५ सय घर डुबानमा परेका छन्।
पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन्।