१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा

काठमाडौँ- पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन्।

लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गरेका हुन्। गुरुकुलका आचार्य श्रीराम अधिकारीले पूजा गराएका थिए।

उत्तरगया क्षेत्र व्यवस्थापन समितिका प्रमुख सल्लाहकार एवं कान्तिभैरव गुरुकुल सञ्चालक समिति अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले पूर्वयुवराज शाहलाई गोकर्णेश्वर उत्तरगया एवं कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराएका थिए।

हिमवत्खण्डमा कान्तिश्वर नामले उल्लेख गरिएको यहाँको गुफामा योगमाया, शिवपुरी बाबा, श्यामचेतन (वासुकी) बाबा, प्रेमनारायण भण्डारीलगायतले साधना गरेका थिए। यहाँ साधना गर्नुभएका सबैको शालिक राखी यो ठाउँलाई तपस्या स्थलकारुपमा चिनाउनुपर्नेमा उनले जोड दिए। 

वाग्द्वारबाट बग्दै आएको वाग्मती कान्तिभैरव मन्दिरअघि उत्तर भएर बग्ने भएकाले यो ठाउँलाई उत्तरबाहिनी भनिएको हो। वाग्मती उत्तरतिर बगेकैले यो ठाउँलाई उत्तरगया पनि भनिन्छ । यहाँ प्रत्येक महिनाको पहिलो शनिबार बेलुकी गुरुकुलका विद्यार्थीले वाग्मती गंगा आरती गर्छन्। प्रत्येक दिन गुरुकुलका बटुकले वैदिक रुद्राभिषेक गर्छन्। 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने समितिका अध्यक्ष भैरवबहादुर श्रेष्ठले बताए। रासस

प्रकाशित: ३० वैशाख २०७५ १६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App