६ आश्विन २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने भएको छ। जिल्ला खोप समन्वय समितिको बैठकले असार २२ गते बुधबार ताप्लेजुङ जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

ताप्लेजुङ सिरिजंगाद्वारा स्वास्थ्य बीमा निःशुल्क, करिब ५२ करोड बजेट आयो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिवृद्धि गर्न नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी प्रर्वद्धनात्मक कार्यक्रम अघि सार्ने भएको छ।

फुङलिङ नगरपालिकाद्वारा साढे ६६ करोड बढीको बजेट

एकाध बाहेक अधिकांश पुरानै नीति र कार्यक्रलाई निरन्तरता दिँदै ताप्लेजुङको फुङलिङ नगरपालिकाले साढे ६६ करोड बढीका बजेट ल्याएको छ।

कालोपत्रे गर्न ठेक्का लाग्यो दोभान बहानन्दे र सुकेटार-काफ्लेपाटी खण्ड

२०८१ सालको पुस महिना भित्रमा निर्माण कार्य पूरा गर्ने सर्तमा दोभान-बहानन्दे सडक खण्ड कालोपत्रे हुनेगरी ठेक्का लागेको छ।

‘रुख कटान अनुमति देऊ, महिना दिनभित्रै त्रिदेशीय सडक सञ्जाल जोड्छौं’

रुख कटान अनुुमति प्राप्त भए काम सुरु गरेको एकमहिना भित्रमा मोरङको रानीबाट उत्तरी सीमावर्ती क्षेत्र टिपताला जोड्ने उत्तर–दक्षिण लोकमार्गमा गाडी गुडाउन सकिने नियमक कार्यालयले दाबी गरेको छ।

ताप्लेजुङ अस्पतालमा एमडी जिपी डाक्टर पठाइने

स्वास्थ्य मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालका लागि एक जना स्थायी दरबन्दीको एमडी जिपी डाक्टर पठाउने आश्वासन दिएको छ।

अवैध रुपमा नदी उत्खनन गरिरहेको एस्काभेटर नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले अवैध रुपमा नदी उत्खनन गरिरहेको एस्काभेटरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

ताप्लेजुङमा बाढीपहिरोः कतै घर बगायो, कतै पशुचौपाया

लगातारको वर्षापछि आएको बाढीपहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रहरुमा जोखिम बढाएको छ।

खेवाङ पहिरोः घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर पठाइयो

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरतर्फ पठाइएको छ।

ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एस र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदमा गठबन्धनतर्फ नेकपा एसका छिरिङ लामा विजयी भएका छन्। कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेर उनी विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत ल्याए।

ताप्लेजुङमा वृक्षरोपणसंगै फोहोरमैला व्यवस्थापन भाँडा वितरण

‘पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित ताप्लेजुङ सदरमुकाम फुङलिङमा विश्व वातावरण दिवस मनाइएको छ।

ताप्लेजुङ समन्वय समितिमा नेतृत्वका लागि गठबन्धन दल सहमति नजिक

ताप्लेजुङका सत्तारुढ घटकहरु यसअघि गरिएको सहमति अनुसार नै जिल्ला समन्वय समितिमा नेतृत्व लिनदिन सहमति नजिक पुगेका छन्।

याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ।

फुङलिङ नगरपालिकाका विद्यालयमा साताको दुई दिन बिदा लागु नहुने

ताप्लेजुङको फुङलिङ नगरपालिकाले पालिकाभरीका विद्यालयमा आइतबारको बिदा लागु नगर्ने निर्णय गरेको छ।

मिक्वाखोला गाउँ कार्यपालिकामा गठबन्धन पक्ष हावी

ताप्लेजुङको मिक्वाखोला गाउँ कार्यपालिकाको निर्वाचनमा गठबन्धन पक्ष विजयी हुँदा जिल्ला समन्वय समितिको उपप्रमुखका आकांक्षी पनि कार्यपालिका सदस्य चयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्