८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

अवैध रुपमा नदी उत्खनन गरिरहेको एस्काभेटर नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले अवैध रुपमा नदी उत्खनन गरिरहेको एस्काभेटरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

अनुगमनका क्रममा आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ चाँगेको मैवाखोला पुल नजिक नदी उत्खनन गर्दै गरेको मेसिनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दोभानलाई बुझाएको गाउँपालिका अध्यक्ष पोमूले जानकारी दिए।

लगातारको वर्षा पछि जिल्लाका विभिन्न स्थानमा बाढिपहिरोका घटना बढिरहे पनि नदी उत्खननको कार्य भएको पाइएपछि नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरीलाई बुझाएको उनले जानकारी दिए।

‘अनुगमनका क्रममा नदी उत्खनन गरिरहेको पाइयो। असार, साउन र भदौ महिनामा यस्तो कार्य गर्न सरकारले नै बन्देज गरेको छ।’ गाउँपालिका अध्यक्ष पोमूले भने ‘खोला नजिकै क्रसर पनि राखिएको पाइयो। त्यसको विषयमा पनि अध्ययन गरिरहेको छु।’ वर्षायामको समयमा अवैध रुपमा उत्खनन गरेको पाइए कानुन अनुसार कारबाही गरिने उनले बताए।

प्रकाशित: ६ असार २०७९ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App