घुमाउने र जलविरेमा पहिरो जाँदा नारायणगढ मुग्लीङ सडकखण्ड बन्द
नारायणगढ मुग्लीङ सडकखण्डको घुमाउने र जलविरेमा पहिरो जाँदा सवारीआवागमन बन्द भएको छ।
नारायणगढ मुग्लीङ सडकखण्डको घुमाउने र जलविरेमा पहिरो जाँदा सवारीआवागमन बन्द भएको छ।
कर्णाली प्रदेशका सांसदहरुले जाजरकोट सदरमुकाम खलंगामा आइतबार विहान गएको पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्न माग गरेका छन्।
जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ।
लिखु तामाकोसी गाउँपालिका ६ खिम्तीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवन प्रयोगमा नआउँदै पहिरोको जोखिममा परेको छ।
खप्तड छान्ना–६, बझाङकी महेश्वरी थापा गाउँकी स्वास्थ्यकर्मी थिइन्। दुर्गमकी ‘डाक्टर’ उनले मृत्युको मुखमा पस्न लागेका धेरैको ज्यान बचाइन्।
बुधबार राति गएको पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिनिधिसभाका सदस्य एंवम् नेपाली कांग्रेसका नेताले आर्थिक सहयोग गरेका छन्।
निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ।
नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी आगमन दुईतर्फीरुपमा सुचारु भएको छ। साँझ ६ बजेबाट दुईतर्फी सवारी आवागमन सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
जुम्लाको पातारासी गाउँपालिका–५ मा गएको पहिरोमा परी १ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।
बर्खा वा हिउँद जहिल्यै पहिरो खसेकै हुन्छ। बाह्रमासे पहिरोले प्रत्येक वर्ष घरखेत बगाउन थालेपछि बैतडी गोकुलेश्वरका स्थानीय कुनै समयका हुने खाने परिवार अहिले सुकुम्बासी बनेका छन्।
रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३७ वर्षका सुश खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२ वर्षका श्याम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ, रसुवाको थुमनका ४५ वर्षका मिङमारगोम्बो तामाङ, टिमुरेका ४७ वर्षका दोर्जेवाङजु घले, ३७ वर्षका महिला कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीको मृत्यु भएको छ।