९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई चेक हस्तान्तरण गर्दै नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ। तस्बिर : नागरिक

रसुवा – बुधबार राति गएको पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिनिधिसभाका सदस्य एंवम् नेपाली कांग्रेसका नेताले आर्थिक सहयोग गरेका छन्। 

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा मध्येराति गएको पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका हुन्। उनले परिवारलाई दुई लाख रकम प्रदान गरेका पार्टीका जिल्ला सभापति पेम्बाछिरिङ तामाङले बताए। 

शुक्रबार टिमुरेमा आयोजित एक कार्यक्रममा आचार्यले जिल्लाका तीन जनाको परिवारलाई दुई लाख रकम प्रदान गरेका हुन्। जिल्लाको थुमनका ४५ वर्षीय मिङमार गोम्बो तामाङ, टिमुरेका ४७ वर्षीय दोर्जेवाङजु घले र ३७ वर्षीया कार्साङ किमो घलेकाे पहिरोमा ज्यान गएकाे थियाे।

नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको तर्फबाट प्रतिमृतक १० हजार आर्थिक सहयोग गरिएको पार्टीका जिल्ला सभापति तामाङले बताए। पहिरोमा परेर रसुवाका ३, सिन्धुपाल्चोकका ४ र नुवाकोटका दुई जनाले ज्यान गुमाएका थिए। पहिरोले स्थानीय टासीदेलेक होटल पूर्णरुपमा क्षति भएको छ। पहिरोले टिमुरे गाउँ प्रवेश गर्ने स्थलमा रहेको प्रहरी चेक पोष्ट सहित ५ वटा छाप्रा पुरेको थियो।

प्रकाशित: १२ श्रावण २०७५ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App