२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमाः मन्त्री चौधरी

आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्।

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुन्ः मन्त्री चौधरी

स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।

वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने माग राखे। मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बोर्डले मेलम्चीको पानीको विकल्पका रूपमा सिस्नेरी आयेजनालाई अगाडि ल्याएको बताए।

वैशाख दोस्रो सातासम्ममा मेलम्ची पानी सुन्दरीजल आइपुग्ने

काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ।

तेस्रो पटक मेलम्ची सुरुङमा फेरि पानीः बर्खामा उपत्यकावासीले पानी नपाउने सम्भावना

गेग्रान झिकेर खोतलिएपछि भेटिएको पुरानो अस्थायी संरचनाबाट पानी पठाइएकाले बर्खामा उपत्यकावासीले मेलम्ची पानी नपाउने सम्भावना बढी रहेको औँल्याइएको छ । अधिकारीहरुका अनुसार बर्खामा बाढीले पुनः मुहानस्थलमा अवरोध पुर्‍याउने खतरा ज्यादा छ ।

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्छः चौधरी

बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्