२२ असार २०८१ शनिबार
image/svg+xml

बागमती, आर्मी र सुदुरपश्चिमलाई एक-एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बाग्मती प्रदेशकी शिक्षा नापितले जितेकी छन्।

नवौं राष्ट्रिय खेलकुद : डेब्युमै पुलिसको फराकिलो जित

महिला क्रिकेटमा नेपाल प्रहरीले पोखरा क्रिकेट मैदानमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत डेब्यु गर्यो। डेब्युमै फराकिलो जित निकाल्दा पानीले प्रभावित बनायो। वर्षाले प्रभावित बनाएको खेलमा नेपाल प्रहरीले कर्णाली प्रदेशमाथि डिएल नियमानुसार ६३ रनको जित निकाल्यो।

नवौं राष्ट्रिय खेलकुदः व्यक्तिगत सेबर तर्फ बागमतीकी शिक्षालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन्। उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत हुन्।

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।

नवौं राष्ट्रिय खेलकुदः क्रिकेटमा प्रहरीद्वारा कर्णालीमाथि फराकिलो जित

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुँदा डिएल नियमअनुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो।

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा मधेश विरुद्ध गण्डकीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ।

नवौं राष्ट्रिय खेलकुदः गण्डकीको जित्ने धोको अधुरै, सुदूरमाथि बाग्मतीको ८ विकेटको जित

महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन्। आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो। मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो।

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पहिलो जित निकाल्ने गण्डकीको चाहना अधुरै , ४० रनले पराजित

घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन्। आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो। मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसाथ गर्दै गण्डकी माथि सदा झैं दबाव कायमै राख्यो।

नवौं राष्ट्रिय खेलकुद: प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह गरेका छन्।

नवौं राष्ट्रिय खेलकुद: महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि, गण्डकीको एउटै लक्ष्य जित

पोखरा रंगशाला क्रिकेट मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो खेलको रुपमा आईतबारदेखि महिला क्रिकेट शुरुवात हुदैंछ। उदघाटन खेल गण्डकी प्रदेशले मधेश प्रदेशलाई आतित्थयता दिनेछ।

नवौँ राष्ट्रिय खेलकुद: दश खेलका २३ ‘विधा’ रद्द

गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।

झरीले टेनिस कोर्ट जलमग्न, सुर्की बगाउँदा समस्या

कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ।

नवौँ राष्ट्रिय खेलकुदः म्याग्दीमा खेलमैदान तयार

जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ।

एकसातापछि महिला क्रिकेट, पीच मर्मत गरिदैं

दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ। गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ।

नवौं राष्ट्रिय खेलकुद: प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निमन्त्रणा पत्र प्रदान

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्