४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

गठबन्धनले जनतालाई समृद्ध बनाउँछः ओनसरी घर्ती

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरे।

माओवादी पेण्डुलम भइसक्योः रविन्द्र मिश्र

‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ। मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस। माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ। त्यस बाहेक अर्को क्षेत्रिय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन्। तीन वटामा दुई वटा पार्टी एमाले र काँग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एउटै कित्ताका पार्टी हुन्।'

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ।'

जिताएर पठाउनुस् महेन्द्रलाई मन्त्री बनाउँछु: दाहाल

‘महेन्द्र कमरेडले मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ। यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याविनेटको मन्त्री बनाएर पठाउँछु।’

जे बोल्छौं त्यो गर्छौं, गठबन्धनका कारण जित सुनिश्चित भइसक्योः ओनसरी घर्ती

‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिबद्धता लिएर आएका छौँ। जे सक्छौँ त्यो गर्छौं। जे बोल्छौं, त्यो गर्छौं। आज हामी वाम लोकतान्त्रिक गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ। घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ। कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ। हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। गठबन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महशुस गरिरहेका छाैँ। हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ।’

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाइयो: महासचिव गुरुङ

उनले भने, 'मलाई टुरिष्ट उम्मेदवार भनेर अनावश्यक हल्ला फैलाएको छ, यसअघिको निर्वाचनमा एमालेसँगै हुँदा त्यति बेला पनि म उम्मेदवार थिए, त्यति बेला म मनाङकै बासिन्दा हुँदा पनि टुरिष्ट भइन तर अहिले लमजुङकै बासिन्दा भइसके अहिले कसरी टुरिष्ट उम्मेदवार हुन्छुु?'

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।

माओवादी केन्द्रको प्रतिबद्धतापत्र: ३० लाख विदेशी पर्यटक भित्र्याउने आधार तयार गर्ने लक्ष्य

‘रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने नाराका साथ माओवादी केन्द्रले पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्द्धन गरी दीगो पर्यटनको आधार तयार गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। उक्त प्रयोजनका निम्ति सम्बन्धित क्षेत्रअनुसारका पूर्वाधार र उपरी संरचना निर्माण गरिनेछ।

मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्छः दाहाल

'हामीले अब १०/१५ वर्षमा जे अनुभव गरियो। विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ। त्यो स्थितिको अन्त्य अब सामान्य रुपले हुँदैन। क्रमभंग गरेरै गर्नुपर्दछ। ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ।’

माओवादीको घोषणापत्र: स्थायित्व र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिनेगरी प्रस्ताव गरिएको छ। संसद्लाई पूर्ण रूपमा विधायन क्षेत्रमा केन्द्रित हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

घोषणापत्र सार्वजनिक गर्ने तयारीमा माओवादी, समाजवादको आधार निर्माणमा केन्द्रित हुने

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम बनाउनेमा घोषणपत्रले जोड दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्