५ मंसिर २०८१ बुधबार
image/svg+xml

गाँजा बेच्नै पर्दैन, विदेशीलाई सुघाँएरै पैसा कमाइन्छः सांसद स्थापित

प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन्। सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जिवन पाठशालाको काम गर्ने भएकाले सबैले पाठ सिक्न सक्ने बताए।

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।

जुम्लामा कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ। वैशाख १९ गते बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवालले उक्त काउन्टर उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

नयाँ ट्रेड युनियन आवश्यक

केही वर्षअघिसम्म हाम्रो कुल गार्हस्थ्यको दुईतिहाइ उत्पादन कृषि क्षेत्रसँग आबद्ध थियो। अहिले एकतिहाइभन्दा पनि कम छ र घट्ने क्रम जारीछ। यसको अर्थ हामीकहाँ औद्योगिक उत्पादन कम थियो र छ।

विषादी अवशेष नियमन प्रयोगशाला बन्ने

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विषादी अवशेष नियमन प्रयोगशाला सञ्चालन गर्ने भएको छ। उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्डअनुसार विषादीको अवशेष मात्रा तत्कालै पत्ता लगाउने उद्देश्यले प्रदेश मन्त्रालयले यस्तो प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो। संघीय सरकारले २०७१ सालमै कालिमाटी तरकारी बजारमा यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ।

ककनीमा कृषि प्रदर्शनी हुने

नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ हुने भएको छ। नुवाकोटको कृषि पर्यटनलाई विस्तार गर्ने उद्देश्यसहित जेठ ४ देखि ८ गतेसम्म ककनी गाउँपालिकाको सहआयोजनामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले कृषि मेला गर्न लागेको हो।

नौ महिनादेखि बन्द एएफयू

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बन्द भएको नौ महिना नाघेको छ। आठवटा निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै एएफयूकै विद्यार्थी र प्राध्यापकले छुट्टाछुट्टै विरोध गरेका कारण गत असार २६ गतेदेखि सो विश्वविद्यालय बन्द भएको थियो।

प्रदेश सरकार–एनआरएनएबीच सम्झौता

नमुना आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्न प्रदेश ३ सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए))बीच सम्झौता भएको छ। बुधबार हेटौंडामा आयोजित कार्यक्रममा प्रशोधन सुविधासहितको नमुना आधुनिक कृषि परियोजना सञ्चालन गर्न उक्त सम्झौता गरिएको हो।

युवा स्वरोजगारको ६७ लाख असुल्न बाँकी

बेरोजगार युवालाई व्यवसायमा सहभागी गराएर स्वरोजगार बनाउन उपलब्ध गराइएको करिब एक करोड रकम असुल हुन सकेको छैन। युवा स्वरोजगार कोषअन्तर्गतको ६७ लाख रुपैयाँ अझैसम्म असुल हुन नसकेको हो। जिल्लाका विभिन्न ठाउँमा लगानी गरिएको रकम अझैसम्म पनि असुल हुन नसकेको बताइएको छ। जिल्ला कृषि विकास कार्यालयमार्फत २०६९ मा लगानी भएको झन्डै एक करोड रुपैयाँमध्ये ६७ लाख रुपैयाँ अझैसम्म पनि असुल हुन नसकेको कार्यालयले जनाएको छ।

आधुनिक उपकरणले फेरियाे किसानको जिन्दगी

२५ बर्षदेखि कृषि पेशा गर्दै आएका धादिङ सिद्धलेक गाउँपालिका–४ सुविटारका रामशरण त्रिपाठी आधुनिक उपकरणको प्रयोगले खुशी छन्।

मुक्तिनाथ विकास बैंकको सहकार्य

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् ।

हावाहुरीबाट आधा अर्बको क्षति

दुई साताअघि आएको हावाहुरीबाट बारा र पर्साको कृषि तथा पशुपालनमा करिब आधा अर्ब रुपैयाँ क्षति पुगेको छ । हावाहुरीले कृषि र पशुमा ५० करोड ७९ लाख ३२ हजार रुपैयाँ बराबर क्षति पुगेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

हलो छाडेर आधुनिक उपकरणतर्फ उन्मुख हुँदै किसान

केही वर्षअघिसम्म धादिङका किसान खेत जोत्न हलो प्रयोग गर्ने गर्दथे। प्रत्येक घरमा एक हल गोरु पाल्ने गर्दथे तर अहिले त्यो जमाना फेरिएको छ। अहिले न किसानका घरमा हलजोडी गोरु छ न त हलो नै छन्। कृषिलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख किसानलाई धादिङको सिद्धलेक गाउँपालिकाले मिनिटेलर प्रदान गरेको छ।

कृषिमा हावाहुरीबाट करोडौंको क्षति

गत आइतबार साँझ आएको बिनाशकारी हावाहुरीबाट कृषि क्षेत्रमा करोडौं रुपैयाँको क्षति भएको देखिएको छ। गहुँ, मकै, प्याज, अन्य तरकारी र व्यवसायिक कृषि फार्म हावाहुरीले नष्ट भएका छन्।

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै फर्काइदिए किसानले

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै धरान उपमहानगर २० का विष्णुपादुका (कोकाहा)का किसानहरुले फिर्ता पठाइदिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्