२४ असार २०८१ सोमबार
image/svg+xml

शंखमूल पार्कमा पार्क पुस्तकालय

ललितपुरको जगत गुरु आश्रमस्थित शंखमूल पार्कमा पार्क पुस्तकालयको स्थापना गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई पुस्तकमार्फत् ज्ञान दिलाउन पुस्तकालय खोलिएको हो।

नेपाल पत्रकार महासंघमा एनआरएन पुस्तकालय

गैरआवासीय नेपाली संघ, नेपालपत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ।

कारागारका लागि किताब खोज्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेको छ। कारागारलाई किताब अभियान उपसमिती बनाएर प्रहरी औपचारीक रुपमा जीवन व्यवहारमा लागु हुने प्रकारको शिक्षा दिने खाले किताब खोज्न थालेको हो।

प्रज्ञा प्रतिष्ठान पुस्तकालयमा पाठक बढ्दै

२०७२ सालको महाविनासकारी भूकम्पका कारण क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन अहिले नयाँ भवनमा सरेसँगै पाठकहरुको संख्या पनि बढ्न थालेको छ। नवनिर्मित पुस्तकालय भवनमा पाठकहरुलाई अध्ययन गर्नका लागि शान्त, सफा र पठनमैत्री वातावरण भएका कारण पाठकहरु बढेका हुन्।

पुस्तकालयको त मतलबै छैन

त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा अझैँ पनि नेपालीका लागि प्रतिस्पर्धीविहीन छ । प्रतिस्पर्धी नभएको धावक कति दौड्ला सबैले अनुमान लगाउन सक्छन् । त्रिविका धेरैजसो निकाय कामकाजी नभएको भनी आलोचना हुने गरेको छ ।

चीनमा पुस्तकालय क्रान्ति

असल समाज निर्माण गर्ने उपयुक्त तरिका के हुन सक्छ ? उत्तर सजिलो छ, सबैका लागि शिक्षाका साथसाथै ज्ञान आर्जन गर्ने केन्द्रहरूका ढोका खोलिनुपर्छ । पुस्तकालय नै ज्ञानको संग्रहालय हो । शताब्दीयाैं अगाडि फ्रान्सिस बेकनको तर्क थियो, ज्ञान नै शक्ति हो।

नुवाकोटमा नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय

रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ।

तबेलामा पुस्तकालय

बाहिरबाट हेर्दा एउटा त्रिभुज आकारको जीर्ण भवन छ । बाहिरको होर्डिङबोर्ड हेरेर भित्र पसेपछि पनि पुस्तकालय हो वा होइन भनेर ठम्याउन मुस्किल पर्छ ।गएको साता, भवन गेट छेउकै जीर्ण कोठाभित्र कुर्सीमा एक महिला कर्मचारी मोबाइल चलाउँदै थिइन् ।‘यही हो, नेपाल राष्ट्रिय पुस्तकालय ?’ यस पंक्तिकारको जिज्ञासापछि ती कर्मचारीले मोबाइलको स्क्रिन टेबलतिर फर्काउँदै भनिन्, ‘हजुर, ऊ त्यहाँ लाइब्रेरी सर हुनुहुन्छ, सोध्नुस् न।’

सामुदायिक पुस्तकालय स्थापना

चितवनको रत्ननगरस्थित सुब्बाचोकमा सामुदायिक पुस्तकालय स्थापना भएको छ।स्काइराइडर आवासीय माध्यामिक विद्यालयले समुदायलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालय स्थापना गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए।

गाउँपालिकाको आफ्नै पुस्तकालय

खोटाङको खोटेहाङ गाउँपालिकाले पुस्तकालय सञ्चालनमा ल्याएको छ। पठन संस्कृतिको विकासका लागि गाउँपालिकाले ५ लाखको खर्चमा पुस्तकालय सञ्चालनमा ल्याएको हो । पुस्तक अध्ययन गर्ने बानीको विकास गर्दै गाउँमा सचेतना अभिवृद्धिका लागि पुस्तकालय स्थापना गरिएको खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदीप राईले बताए।

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

बाँकेको बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा ४ मा पढ्ने छात्रा नम्रता राना हरेक बुधबार पुस्तकालय कोठामा अनिवार्य रुपले पुग्छिन्।

पुस्तकालय प्रेम

जसरी कफी सपले युरोपमा ‘पब्लिक स्पेयर’को जन्म गरायो, त्यसैगरी पुस्तकालयले संसारका धेरै स्थानमा नयाँ वादहरू जन्माएको छ, धेरैको अर्धचेतन मनलाई जगाएको छ । पुस्तकालय संस्कृति कुनै पनि समाजका लागि नयाँ होइन र यो कसैका लागि पुरानो पनि बन्दैन । किनकि जब पुस्तकालय धाउने एउटा पुस्ताको अन्त्य हुन्छ, सँगसँगै अर्को पुस्ताको जन्म भइरहेको हुन्छ ।

कारागारमा घुम्ती पुस्तकालय

जर्वजस्ती करणीको अपराधमा ७ वर्षका लागि कैद सजाँय भोग्दै आएका सुन्दरबजार नगरपालिका बलिथुमका ३१ वर्षीय राजु परियारलाई पत्रपत्रिका र किताब पनि पढ्न रुचाउँछन् ।

पार्क पुस्तकालयका अभियन्ता

'नेपालमा अझै पनि सहज रूपमा पुस्तक पढ्न पाउने ठाउँ छैन। पठन संस्कृति बढाउन पुस्तकालय निर्माण थालेको हुँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्