११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्यो

चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघेको मंगलबार जनाइएको छ।

‘कोरोना भाइरसको औषधि तयार हुन ६–७ महिना लाग्छ’

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

टोकियो ओलम्पिक शंकामा

कोरोना भाइरसका कारण टोकियो ओलिम्पिक स्थगित गर्नुपरेमा देशले नै आयोजना गुमाउन सक्ने प्रति चिन्ता व्यक्त गर्दै जापानिज सरकारका मन्त्रीले मंगलबार छिट्टै नयाँ मिति तय गर्नुपर्ने बताएका छन्।

कोरोना भाइरस : बढ्दै त्रास, तयारी सुस्त

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडा गाउँमा सोमबार भाइरल ज्वरोले ४० जनाभन्दा बढी स्थानीय थलिए। ज्वरो आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने र वान्ता आउने लक्षण देखिएको उक्त प्रकोपपछि कोरोना भाइरस भएको भन्दै यहाँका स्थानीय त्रसित बने।

कोरोना भाइरस प्रभाव : श्रम स्वीकृति स्थगित

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ।

रहस्यमयी ‘नोवेल कोरोना भाइरस’

‘नोवेल कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर चिन्तामा छन् । सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउँछन् । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।

अमेरिकी उपराष्ट्रपति भन्छन् : 'कोरोनाको औषधि तयार हुन छ सात महिना लाग्छ'

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

कोरोनाको प्रभाव : अन्नपूर्ण पदमार्ग सुनसान

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ। लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ। विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ। लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित

कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ।

चीनसँगका नाका बन्द गर्न सांसदको माग

कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरूले माग गरेका छन्। सांसदहरूले कर्णालीका हिमाली जिल्लामा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाका तत्कालका लागि बन्द गर्नुपर्ने बताएका हुन्।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, संक्रमण ६६ देशमा

कोरोना भाइरस संक्रमणबाट चीनमा थप ४२ जनाको ज्यान गएसँगै विश्वभरि यसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ।

कोरोना त्रास: सरकार सजग

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको छ।

तिब्बतसँग जोडिएको गोरखाका नाकाबन्द

कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको नाका भएर आउजाउमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले सिमाना जोडिएको चुमनुब्री गाउँपालिका र प्रहरीलाई नाका भएर सर्वसाधारणको आउजाउ बन्द गराउन अनुरोध गरेको हो।

कोरोना त्रास, चीनसँगको नाकाबन्द गर्न सांसदको माग

कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरुले माग गरेका छन्। सांसदहरुले कर्णालीका हिमाली जिल्लाहरुमा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाकाहरु तत्कालका लागि बन्द गर्नुपर्ने बताइन्।

‘मञ्चबाट सतर्कताको अपिल मात्रै गरिए स्थिति भयावह हुन सक्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेकोले नेपालले पनि सतर्कता राख्नुपर्ने जनाएको छ।। सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन १४ बुँदे अपिल नै गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्