११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लगानी सम्मेलन स्थगित, मेला महोत्सव नगर्न निर्देशन

प्रदेश नं ५ सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमणको सर्तकताका लागि बैशाख ४ र ५ मा गर्ने भनिएको लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।

भारतमा कोरोनाका थप दुई विरामी भेटिए

भारतमा थप दुई जनामा कोरोना भाइरस भेटिएको छ। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुने पाँच पुगेका छन्।

सांसदहरु प्रश्न : कोरोना भाइरसबारे उच्चसतर्कता खोई ?

सांसदहरुले कोरोना भाइरसको जोखिमबारे सचेत हुन सरकारलाई आग्रह गरेका छन्। सोमबारको संसद बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले चीनबाट उद्धार गरि ल्याइएका नेपाली विद्यार्थीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेको भएपनि अन्य कोरोना प्रभावि क्षेत्रबाट एक महिनाको अवधिमा नेपाल भित्रिएका १ लाख ७६ हजार २ सय ७२ जनालाई क्वारेन्टाइन नै नगरी नेपाल प्रवेश गराइएको प्रति आपत्ति जनाए।

रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना ओछ्यानमै थला परे

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। रुवाखोकी र ज्वरोले ८० जना ओछ्यानमै थला परेपछि कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनेको छ। जाडो छल्न काठमाण्डौ गएकी करेलीकाँडाकै ३७ वर्षीया सुक बोहरा गाउँमा फर्केसंगै रुवाखोकी र ज्वरोको प्रकोप फैलिएको हो।

कोरोना नमस्ते अभियान

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटक लक्षित नमस्ते अभियान घोषणा गरेको थियो।

कोरोनाबारे गम्भीर बन्न सर्वोच्चमा रिट

विश्वभर कोरोना भाइरस फैलिएको बेला त्रिभुवन विमानस्थलबाट नेपाल आउनेलाई कुनै स्वास्थ्य सतर्कता अपनाउन नसकेको भन्दै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता भएको छ।

कोरोना भाइरस संक्रमण ६४ देशमा, करिब तीन हजारको मृत्यु

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तमा देखिएको कोरोना भाइरसको संक्रमण आइतबार अपरान्ह्सम्म ६४ देशमा फैलिएको छ।

नेपाल भ्रमण वर्ष स्थगित

सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

कोरोना त्रास : ठूला सभा सम्मेलन र भोजभतेर नगर्न सरकारको आग्रह

विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।

कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ।

५० प्रतिशत छुट दिँदा पनि होटल खालि

चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने पर्यटक संख्या घटेपछि ठमेल क्षेत्र सुनसान बनेको छ।

दक्षिण कोरियामा एकै दिन ६ सयलाई संक्रमण पुष्टि

दक्षिण कोरियामा एकैदिन झन्डै ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीका अनुसार पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको हो।

इरानमा कोरोनाबाट मर्नेको संख्या २१० पुग्यो

इरानमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म कम्तीमा २१० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले शनिबार जानकारी दिएका छन्।

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाइरस सङ्क्रमित

दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ। दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्