काठमाडौं- भारतमा थप दुई जनामा कोरोना भाइरस भेटिएको छ। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ। एक जना नयाँ दिल्लीमा र अर्का संक्रमित तेलंगना राज्यमा भेटिएका हुन्। उनीहरु इटाली र दुवईबाट भारत आएका थिए। उनीहरुको अवस्था समान्य रहेको र चिकित्सकको निगरानीमा राखिएको समाचार संस्था रोयर्टसले जनाएको छ।
कोरोना भाइरसका नयाँ विरामी भेटिएको समाचार सँगै भारतको सेयर बजार खस्केको छ।
प्रकाशित: १९ फाल्गुन २०७६ ११:०८ सोमबार